coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सञ्चय कोषको ५८औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं – कर्मचारी सञ्चय कोषले मंगलबार आफ्नो स्थापनाको ५८औं वार्षिकोत्सव मनाएको छ। कोषको वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले नेपालको संविधानमा उल्लेखित मौलिक हकको रुपमा रहेको सामाजिक सुरक्षाको हक पूरा गर्ने कार्यमा कोषको भूमिका महत्वपूर्ण रहेको बताए। उनले कोषजस्ता  दीर्घकालीन सम्झौतित बचत गर्ने संस्थाको लगानी पुँजी बजार, मुद्रा बजार र पूर्वाधार विकासको क्षेत्रमा उपयोग गर्नुपर्ने कुरामा जोड दिएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कार्यक्रममा बोल्दै नेपाल सरकारका सचिव तथा कर्मचारी सञ्चय कोष सञ्चालक समितिका अध्यक्ष शिशिरकुमार ढुंगानाले कोषले योगदानमा आधारित निवृत्तिभरण कार्यक्रम सञ्चालनको जिम्मेवारी पाएसँगै आगामी दिनमा कोषको परम्पारागत भूमिकामा परिवर्तन हुने र यसलाई कार्यान्वयन गर्न व्यावसायिकता र दक्षताको पूर्ण उपयोग गर्नुपर्ने जनाए।

कोषका प्रशासक तुलसीप्रसाद गौतमले कोष ५८ वर्षमा प्रवेश गरिरहँदा यसको गन्तव्यले नयाँ मोड लिएको जानकारी गराएको उल्लेख छ।

कर्मचारी सञ्चय कोषमा हाल ६ लाख सञ्चयकर्ताको करिब तीन सय ४५ अर्बभन्दा बढीकोे वित्तीय स्रोत रहेको जनाइएको छ। उक्त रकमबाट कोषले सञ्चयकर्ताको सेवाकालीन आवश्यकता पूर्ति गर्नको लागि विशेष सापटी, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी र सञ्चयकर्ता सरल चक्र कर्जा जस्ता सापटी सुविधाहरु प्रदान गरिरहेको जनाइएको छ भने मुनाफा रकमबाट सामाजिक सुरक्षण कोष खडा गरी प्रसूति स्याहार, क्रिया खर्च, दुर्घटना क्षतिपूर्ति र सञ्चयकर्ता स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

प्रकाशित: १ आश्विन २०७६ ०१:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App