६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

जम्मू-कश्मीर छिट्टै भारतीय भूभाग हुने दाबी

काठमाडौं - भारतीय विदेशमन्त्री एस जयशंकरले जम्मू कश्मीर भारतकै भूभाग भएको दाबी गरेका छन्। नरेन्द्र मोदी सरकारको सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै जयशंकरले कश्मीर  छिट्टै भारतको भूभाग हुने समेत विश्वास व्यक्त गरेका छन्।

उनले भनेका छन्, 'संविधानको धारा ३७० दुइपक्षीय नभई भारतको आन्तरिक मुद्दा हो। धारा ३७० सँग पाकिस्तानको कुनै सम्बन्ध छैन। पाकिस्तानसँग आतंकवादका विषयमामात्रै छलफल हुन्छ। उसँग अातंकवादकाे मुद्दा छ।'

यसअघि केन्द्रीय मन्त्री जितेन्द्र सिंहले पनि कश्मीरलाई भारतीय भूभाग बनाउने अबको एजेण्डा भएको बताएका थिए। उनले भनेका थिए, 'हाम्रो आगामी योजना कश्मीरलाइ आफ्नो अधिनमा ल्याउनुनै हो।'

 

प्रकाशित: ३१ भाद्र २०७६ १२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App