रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रु सडक खुल्यो

मङ्गलबार, ३१ भदौ २०७६, १८ : १२ हिमनाथ देवकोटा

रसुवा– वर्षाको कारण दुई महिनादेखि अवरुद्ध रहेको मैलुङ–स्याफ्रु सडक मंगलबारदेखि खुलेको छ। 

बेत्रावतीदेखि छोक्कलसम्मको पहिरो हटाउनुको साथै खोलामा ह्युमपाइप राखिएपछि सडक खुलेको हो। शनिबारदेखि मर्मत भएको सडक खुलाउन सफल भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। 

नाका जोड्ने दुवै सडक अवरुद्ध भएपछि सरोकारवालासँग काठमाडौंमा बसेको बैठकले नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडक खुलाउने निर्णय गरेको थियो। दसैंको समयमा आएका सामग्री तत्काल काठमाडौं पठाउनका लागि तल्लो सडक पहिलो प्राथमिकतामा परेको थियो।

‘राम्चे–धुन्चे सडकअन्तर्गत नागार्दुन क्षेत्रमा पहिरोले सडक बगाएकोले तत्काल सडक खोल्न कठिन हुने देखियो’, प्रजिअ भण्डारीले भने, ‘त्यसकारण तल्लो सडकलाई प्राथमिता दिएका हौं।’ माथिल्लो सडकमा पनि ग्याबिन लगाउने काम भइरहेको छ। 

राम्चे–धुन्चे सडक खुल्नका लागि अझै केही दिन लाग्ने भएको छ। सदरमुकाम जोड्ने तथा दैनिक सयौं सवारी गुड्ने सडकलाई उपेक्षा गरिएको भन्दै नागरिकले आक्रोश पोखेका छन्। तल्लो सडक छोटो दूरीको भएपनि वर्षाको समयमा पहिरो गइरहने समस्या छ। 

सडक खुलाउनका लागि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनासँगको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समिति र गोसाइँकुण्ड गाउँपालिकाले नेतृत्व लिएर काम गरेको थियो। मैलुङतर्फ प्रजिअ भण्डारी र छोक्कलतर्फ गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले नेतृत्व गरेका थिए। 

सडक खुलाउनका लागि सडक डिभिजन कार्यालय, गोसाइँकुण्ड र उत्तरगया गाउँपालिका, रसुवागढी, सान्जेन, माथिल्लो त्रिशूली एक तथा चिलिमे जलविद्युत् आयोजना र जनप्रतिनिधिले सहयोग गरेका थिए। पहिरोको कारण सडक अवरुद्ध हुनसक्ने भएकाले सडकमा स्काभेटर राखिने योजना प्रमुख नारायणदत्त भण्डारीले बताए। 

चार सय भन्दा बढी कन्टेनर भन्सारमा यार्डमै रोकिए

भन्सारमा जाँचपाँस भएर भन्सार यार्डमा रोकिएका सवारी सञ्चालन हुन थालेका छन्। दसैंका लागि आएका सामग्री एक सातादेखि भन्सार यार्डमा थन्किएका थिए। बाटो अवरुद्ध भएपछि व्यापारीले स्याउ तातोपानी नाकातर्फ लगेका छन्। यो नाकाबाट अहिले थोरै संख्यामा स्याउ भित्रिएको छ। यसपटक यहाँबाट रेडिमेड सामग्री बढी आएको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए। ‘बाटो अवरुद्ध भएपछि स्याउका व्यापारीले डाइभर्ट गरेर तातोपानीतर्फ लगे, उनले भने, अहिले यो नाकाबाट रेडिमेड सामग्री र टेलिकमका सामग्री आएका छन्।’ 

भन्सार यार्डमा चार सयभन्दा बढी सवारी रहेको र सडक क्षेत्रमा पनि तीन सय भन्दा बढी सवारी रोकिएका छन्। सडक खुलेसँगै केही सवारी काठमाडौंतर्फ हिँडेका छन्।

जलविद्युत् आयोजनाको काम प्रभावित

सडक बन्द भएपछि जिल्लाको माथिल्लो क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनामा  प्रत्यक्ष असर पुगेको थियो। एक सातासम्म नाकामा सवारी साधन रोकिँदा बढेको सवारी चापले आयोजनाको काममा प्रत्यक्ष असर पुगेको रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ। 

तत्कालका लागि सामग्रीको अभाव नभएको भएपनि ट्राफिक व्यवस्थापन प्रभावकारी नहुँदा समस्या सिर्जना भएको हो। आयोजनाको निर्माणस्थल जाने क्षेत्रमा सवारीको जाम भएका कारण समस्या सिर्जना भएको आयोजना प्रमुख छबि गैरेले बताए। यो आयोजनाले सडक खुलाउनका लागि एउटा एक्साभेटर दिएको छ भने ६ सय लिटर डिजेल समेत दिएको छ। 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad