७ वैशाख २०८१ शुक्रबार
समाज

समायोजनले अस्पतालका सेवा सुविधा रोकिँदै

डडेल्धुरा– सुदुरपश्चिम प्रदेशको एक मात्र रेफरल अस्पतालको रुपमा रहेको सात पहाडी जिल्लाको गन्तव्य डडेल्धुरा अस्पतालबाट कर्मचारीहरु समायोजन भएपछि अस्पतालको अवस्था दयनिय बन्दै गएको छ। चिकित्सकहरु सरुवा भएर जाने र अस्पतालमा आउन नमान्ने गरेका कारण अस्पतालले दिदै आएका कतिपय सेवा बन्द भएका छन्।

जेठ ३१ गतेका दिन अमरगढि नगरपालिका–६ छचोडा गाउँकी गीता ताम्राकारको सुत्केरी भएको १४ दिनपछि अस्पतालमै मृत्यु भएको विषय र शव पोस्टमार्टममा ढिलाई गरेको भन्दै अमरगढि नगरपालिका–११ का वडा अध्यक्ष सुर्यप्रकाश खड्का नेतृत्वको टिमले अस्स्पतालमा ढुङ्गा मुडा प्रहार गरी भएको तोडफोड र चिकित्सकलाई समेत हातपात गर्ने प्रयास भएको विषयले अस्पतालमा अहिलेसम्म पनि सशस्त्र प्रहरीको सुरक्षा घेरामा अस्पताल सञ्चालन हुँदै आएको छ।

चिकित्सकहरु भन्छन् ‘डडेल्धुरा अस्पतालका सबै चिकित्सकहरु धमाधम सरुवा भएर जादैंछन तर आउने चाहना कसैले गर्दैनन्, किनकी यहाँ चिकित्सकहरुले गाली गलौज, कुटाई खान्छन् भनेर हो। अस्पतालका मेसु डा.जितेन्द्र कंडेलले बारम्बार यस जिल्लाका राजनीतिक नेतृत्वलाई अस्पतालबारे पहल गरिदिन र बोलिदिन आग्रह गरे पनि अस्पतालबारे राजनीतिक दल र  स्थानीय सरकारले खासै चासो नदिएको गुनासो गरे।

अस्पतालमा तोडफोड हुँदा सुरक्षाका बीच उपचार सेवा दिँदा यहाँका राजनीतिक दलका नेता एवं स्थानीय तहका जनप्रतिनिधीहरुले अस्पतालमा रहेको सबै चिकित्सक र स्वास्थ्यकर्मीलाई यताबाट पठाउनुपर्ने बताउदै आएका थिए। डा. कँडेलले भने, ‘उहाँहरुले अहिले चिकित्सक ल्याईदिए पनि हुन्थ्यो। त्यो क्षमता यहाँका राजनीतिक दलका नेता र जनप्रतिनिधीहरुमा पनि देखिदैन्।

रेडियो कार्डाेलोजीको दरबन्दी कहिलै पुर्ती नभएको अस्पतालमा मेडिकल अधिकृतहरुले भिडियो एक्स रे गर्दै आएका थिए। अहिले अस्पतालमा आउने ईमेरजेन्सिका विरामीहरुको मात्रै भिडियो एक्सरे गरिदै आएको छ। अस्पतालाम हुँदै आएका माईनर शल्यक्रिया, एपेण्डिसाईट, पिस्टुलाको पनि अहिले शल्यक्रिया गर्न रोकिएको डा.कडेलले बताए।

अहिले अस्पतालमा भाईरल ज्वरोका विरामीको चाँप बढेसँगै स्त्रवटाईफस र डेंगु रोगको सक्रमण पनि देखिनएको छ। दैनिक डेढ सयको संख्यामा विरामी पुग्ने अस्पतालमा उपचार गर्न हम्मेहम्मे हुने उनले बताए। सबैलाई हतार हुन्छ। उनले भने, चिकित्सक छैन्न भन्ने जानकारी हुँदासमेत ढिलो गरेको भन्दै गालि गर्दै आक्रोस पोख्ने गरेका छन्।

जिल्लाका नेतृत्व तहहरु किन अस्पतालबारे बोल्दैनन त? हुन पनि जिल्लाका राजनीतिक नेतृत्वकर्ताहरु पछिल्लो समय अस्पतालबारे चुईक्कसम्म बोलेका छैनन्। उसो त डोटी र डडेल्धुरा मध्ये एक ठाउँ मेडिकल कलेजको सम्भावना पनि हो। तर भएकै अस्पतालको विजोक भएको छ।

सरकारी स्वामित्वमा आएको २०७० असार १ गते बाट उपक्षेत्रिय अस्पतालको नाम बाट सञ्चालनमा आएको यस अस्पतालले २०७७ अर्थात करिब सात वर्षसम्म नाम मात्र फेर्दै गयो। सात वर्षको बिचमा दुई वटा नाम फेरिदै डडेल्धुरा अस्पताल बनेको यो अस्पताल बारे कसले बोल्ने?

प्रकाशित: ३१ भाद्र २०७६ १०:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App