६ वैशाख २०८१ बिहीबार
अर्थ

डेढ सातापछि सेयरमा उल्लेखनीय सुधार

काठमाडौं– डेढ सातापछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेखनीय सुधार देखिएको छ। साताको तेस्रो दिन २६.९१ अंकले सुधार आएको हो।

मंगलबार ११२७.३४ अंकबाट कारोबार सुरुभएको बजार उकालो लाग्दै ११५०.७४ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ।  कारोबारमा रहेका म्युचल फन्ड बाहेक ११ उपसूचक हरियो देखिएकाे।

आज १७१ कम्पनीका १३ लाख ७७ हजार ९ सय कित्ता शेयर ३८ करोड ३९ लाख ५७ हजार रुपैयाँमा किनबेच भएको छ। परिसूचकमा उच्च वृद्धि हुँदा पनि कारोबार रकममा भने सुधार हुन सकेन।

आज हिजो सोमबारको भन्दा करिव करिव चार करोड रुपौयाँको मात्रै फरक देखिन्छ। नेप्सेमा उच्च अंकले सुधार आउँदा कारोबार रकममा पनि उच्च सुधारको अपेक्षा राखिन्छ।

आज शिवम् सिमेन्ट कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन्। अन्य कम्पनीको तुलनामा उच्च वृद्धिदर हो। यता क वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि ५.२२ अंकले बढेर २५१.५७ पुगेको छ ।

 

प्रकाशित: ३१ भाद्र २०७६ १०:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App