coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

१४ वर्षीया बालिकालाई होटलबाट उद्धार, तीन जनाविरुद्ध मानव बेचबिखन मुद्दा

इटहरी - १४ वर्षीया बालिकालाई होटलमा काम लगाइदिने बहानामा जबरजस्ती यौनधन्दा गर्न लगाएको सूचनाका आधारमा इटहरीबाट आइतबार साँझ प्रहरीले उद्धार गरेको छ ।

इटहरी वडा नं. ६ मा सञ्चालित दियालो होटलबाट बालिकालाई उद्धार गरिएको हो । प्रहरीले जाँचको क्रममा होटलको कोठा नं. १०१ बाट उद्धार गरेको हो । उद्धार गरिएका बालिकालाई धनकुटा लेगुवा पुलडाँडा घर भएकी आरती केसी भन्ने पवित्रा थापाले परिवारको अनुमतिबिनै काम लगाइदिने बहानामा यौनधन्दा गर्न लगाएको प्रहरीको अनुुसन्धानबाट खुलेको छ ।

 बालिकालाई इटहरी वडा नं. २ का २२ वर्षीय हरि भन्ने लक्ष्मण राउत र भोजपुर घोरेटार वडा नं. १ घर भई इटहरी वडा नं. ५ मा बस्दै आएका २२ वर्षीय प्रदीप कोइरालासँग जबरजस्ती यौन क्रियाकलाप गर्न लगाइएको प्रहरीले जनायो । प्रहरीले लक्ष्मण र प्रदीपलाई तत्काल पक्राउ ग¥यो । प्रहरीले पवित्रा थापालाई पनि पक्राउ गरेको छ । तीनै जनालाई मानव बेचबिखनमा मुद्दा दर्ता गरेको छ ।

अज्ञानता र आर्थिक प्रलोभन देखाएर बालिका र युवतीलाई ग्राहकसँग बसाएर यौनधन्दा गरेको आरोप इटहरी तथा आसपासबाट शृंखलाबद्ध रुपमा पक्राउ पर्ने क्रम बढ्दो छ । पूर्व–पश्चिम तथा कोसी राजमार्ग आसपासका सुनसरीका विभिन्न स्थानमा सञ्चालित केही होटल सञ्चालकले बालिका र युवती राखेर यौनधन्दा गर्ने गर्छन् ।
जिल्लाका विभिन्न स्थानभन्दा सबैभन्दा बढी इटहरी क्षेत्रमा सञ्चालित होटल सञ्चालकलाई मानब बेचबिखन मुद्दा चलाइएको छ । २०७५ साउनदेखि २०७६ असारमसान्तसम्म परेका कुल १३ वटा मुद्दामध्ये अहिलेसम्म पाँच वटा पछ्र्याैट भएका छन् ।

इटहरीबाट सबैभन्दा बढी मानव बेचबिखनविरुद्ध मुद्दा दर्ता हुन सात वर्षअघिदेखि सुरु भएको थियो । सात वर्षअघिसम्म इटहरीमा खुलेका बग्रेल्ती क्याबिन–रेष्टुरेन्टसँगै केही होटलमा महिलालाई राखेर यौनधन्दा सञ्चालन गरिन्थ्यो । त्यतिबेला इटहरी तथा वरपरका केही होटलमा फस्टाएको यौन व्यापारविरुद्ध प्रहरीले अप्रेसन थालेर  सात जना सञ्चालकलाई मानव बेचबिखन तथा ओसारपसारमा मुद्दा चलाएको थियो ।

एकैसाथ सात जना होटल सञ्चालकलाई मुद्दा चलाए पनि केही महिनासम्म यौनधन्दाका घटना नगण्य हुने गर्थे । तर, एकपछि अर्को उपाय होटल सञ्चालकले अपनाएर यौनधन्दा गर्न थाले । जसमा सुरुआतमा सञ्चालकले श्रीमती बनाउने बहानामा यौनकार्य गर्न लगाउने गरेको पनि भेटियो । त्यस्तो गर्नेलाई पनि प्रहरीले कारबाही ग¥यो ।
अर्को उपायका क्रममा भारत दार्जिलिङका युवतीको समूह र यौनधन्दामै संलग्न महिलाले चिनेजानेका किशोरी तथा महिलालाई केही निश्चित दिनका लागि झिकाएको पनि प्रहरीले सुइँको पायो । तिनीहरुलाई पनि प्रहरीले पत्ता लगाएर मुद्दा नै चलायो ।

पछिल्लो समय इटहरी तथा आसपासमा क्षेत्रमा यौनधन्दा न्यून हुने भएको प्रहरीले जनाउँदै आएको छ । तर, पनि बेला–बेलामा घटना दोहोरिने गरेको छ । प्रहरीले कडाइ गर्न छाडे पुनः यौनधन्दा मौलाउने हुँदा जाँच भने रोकेको छैन ।

प्रकाशित: ३१ भाद्र २०७६ ०७:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App