८ वैशाख २०८१ शनिबार
समाज

अलपत्र ८ पर्यटकको उद्धार

सोलुखुम्बु - मेरापिकमा अलपत्र परेका ८ पर्यटकको उद्धार गरिएको छ। महाकुलुङ गाउंपालिका वडा नम्बर १ थाग्नेमा अलपत्र परेका ७ विदेशी र १ नेपाली गरी ८ पर्यटकको मंगलबार बिहान कैलाश र डाईनेष्टि एयरका हेलिकप्टरले उद्धार गरी काठमाण्डौ लगेका हुन्। ४२ सय मिटरको उचाईमा लेक लागेर यस अघि आइतबार एक सोही भ्रमण दलका एक जनाको ज्यान गएको थियो। भारतीयमुलका केन्याका ३३ वर्षिया गोविन्द लखमानको राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमोरियाले बताए। लेकका कारण बिरामी भएका बाँकी पर्यटकलाई रातभर अक्सिजन दिएर राखिएको थियो।

मौसम प्रतिकुलताका कारण खुम्बु पासाङल्हमू गाउँपालिका २ लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा उडान हुन नसक्दा खुम्बु भ्रमण सकेर फर्केका पर्यटकहरु अलपत्र परेका छन्। पिक सिजनमा खुम्बु क्षेत्र भ्रमण सकेर करिब तीन सय पर्यटक उडानको पर्खाइमा रहेको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ। प्राधिकरण प्रमुख ईमनाथ अधिकारीले चार दिनदेखि कुनैपनि उडान नभएको बताए।

केही पर्यटक सल्लेरीसम्मको पैदल यात्रा तय गरेपनि त्यो संख्या निकै कम रहेको अधिकारीको भनाई छ। यो सिजनमा हजारौ पर्यटक खुम्बु भ्रमणका लागि आउने गर्दछन्। मौसम प्रतिकुलताले उडान प्रभावित हुदा पर्यटक आवागमनमा समेत प्रभाव परेको छ। नेपाल वायु सेवा, तारा, सिता र समिट गरी दैनिक २५ वटा भन्दा बढी उडान तालिका भए पनि ४ दिन यता उडान ठप्प भएको प्राधिकरण लुक्ला प्रमुख ईमनाथ अधिकारीले बताए।

प्रकाशित: ३१ भाद्र २०७६ ०६:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App