७ वैशाख २०८१ शुक्रबार
समाज

लमजुङमा भूकम्पकाे धक्का

काठमाडौँ - लमजुङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा लमजुङ केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो ।

केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले दोर्दी गाउँपालिका–४ नौथर केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिए। भूकम्पको धक्का लमजुङ, तनहुँ, कास्की, गोरखा र धादिङमा महसुस गरिएको छ । यसअघि आइतबार र सोमबार सुदूर तथा मध्यपश्मिका जिल्लामा भूकम्प गएको थियो । (रासस)
 

प्रकाशित: ३१ भाद्र २०७६ ०६:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App