८ वैशाख २०८१ शनिबार
खेल

चौथो ताम्राकार फुटसल हुने

काठमाडौं– ताम्राकार समाजले विगत चार वर्षदेखि नियमित रूपमा गर्दै आइरहेको ताम्राकार फुटसल प्रतियोगिताको चौथो संस्करण यस वर्ष आश्विन ४ र ११ गते शनिबार सानेपास्थित फिल्ड फुटसल ग्राउन्डमा हुने भएको छ।

ललितपुरका विभिन्न समाजका खेलाडीहरू सहभागी हुने चौथो संस्करणको प्रतियोगिताका लागि थापाथलीस्थित ट्रेड टावरमा अवस्थित द ब्रिटिस कलेजले मुख्य प्रायोजन गरेको छ।

ताम्राकार फुटसलको चौथो संस्करणमा विभिन्न आठवटा उद्योग र कम्पनीहरूले टोलीको प्रायोजन गरेका छन्। प्रायोजन गरेका कम्पनीकै नामबाट टोलीको नाम कायम रहने उक्त प्रतियोगितामा ललितपुरका विभिन्न समाजका साठीभन्दा बढी खेलाडीहरूले सहभागिता जनाउनेछन्।

विजेता तथा उपविजेता टोलीले आकर्षक ट्रफी, मेडलका साथै नगद पुरस्कार प्राप्त गर्नेछन्। ताम्राकार समाजको युवा तथा खेलकुद उपसमितिबाट आयोजित यस प्रतियोगिताका लागि प्रायोजित कम्पनीहरूबाट खेलाडी छनोट, जर्सी वितरण, प्राक्टिस म्याचलगायतका कार्य भइसकेका छन्।

उक्त प्रतियोगिता अवधिमा अन्डर १४, महिला खुला तथा भेट्रान टोलीले पनि प्रतिस्पर्धा गर्ने ताम्राकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्राकारले बताए।

 

प्रकाशित: ३१ भाद्र २०७६ ०६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App