लोकतन्त्रवादीको लय

मङ्गलबार, ३१ भदौ २०७६, ११ : २२ सम्पादकीय

आलोचनाले लोकतन्त्र समृद्ध बनाउँछ । त्यसमा पनि लोकतन्त्रका कर्ताहरूको आलोचना अहिलेको राजनीतिक प्रणालीप्रति दुराग्रह पनि होइन । अहिले शासनसत्तामा रहेका कुनै व्यक्तिबारे आलोचना÷समालोचना हुन सक्छ । त्यसैका आधारमा सिंगै व्यवस्थाविरुद्ध उत्रिएको आरोप लगाउनु उचित होइन । वास्तवमा आलोचनाले लोकतन्त्र समृद्ध बनाउँछ । कुनै पनि व्यक्ति स्वयम्भू होइनन् । व्यक्ति हो, गल्ती हुन्छ । र, त्यसलाई सच्याउन सकिन्छ । धेरैलाई मर्का प¥यो भने व्यक्तिले माफी पनि माग्छन् । कुरा यत्ति हो– हामीले बसाउन खोजेको लोकतन्त्रको संस्कृति कस्तो हो ? यो हाम्रो अभ्यासबाट सम्पुष्ट हुँदै जान्छ । लोकतन्त्र भनेको भजन गाएजस्तो सजिलो कुरा पनि होइन । हामी लोकतन्त्रवादी हौं, हामीले यो व्यवस्था ल्याइदिएको हो र हामीले ल्याएको व्यवस्थामा तिमीहरूलाई बोल्न दिएका हौं भन्नेजस्ता अभिव्यक्ति सुनिन थाल्नु निकै दुःखद पक्ष हो । लोकतन्त्रका नेताहरू महान् छन्, किनभने उनीहरूले यसका निम्ति आफ्नो जिन्दगीका सुनौला वर्षहरू संघर्षमा बिताएका छन् । तर, हिजोको संघर्षको ब्याजले जिन्दगीभरि पुग्दैन । प्रत्येक व्यक्तिले हरेक दिन संघर्ष गरिरहेको हुन्छ । एउटा किसानले एक याम काम गरेर पुग्दैन । एउटा शिक्षकले एक सत्र मात्र पढाएर पुग्दैन । नेताका निम्ति पनि हिजो मैले धेरै गरेको थिएँ भनेर आज केही गर्नुपर्दैन भन्ने हुँदैन । संघर्ष हरेक दिन गरिरहनुपर्छ ।

त्यसमा पनि शासन व्यवस्थामा जानुको अर्थ हो– सर्वसाधारणबाट निरन्तर निगरानीमा पर्नु । आफ्नो आलोचना गर्नेजति सबै विरोधी पनि होइनन् । जसले विरोध गर्छन्, ती ‘मण्डले’ हुन् भन्ने अतिशयोक्तिपूर्ण अभिव्यक्ति यतिबेला प्रकट भइरहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई नेपालगन्जबाट काठमाडौं फर्किने क्रममा जहाज उडानमा ढिलाइ हुँदा जुन व्यक्तिहरूले आक्रोशपूर्ण प्रतिक्रिया दिए, त्यस विषयमा अहिले पक्ष र विपक्षमा समाज बाँडिएको देखिएको छ । निश्चय नै मन्त्रीविरुद्ध गरिएको आलोचनाले धेरैलाई असजिलो लागेको छ । मन्त्रीका कारण जहाज उडान ढिला भएको हो भने त्यहाँ रहेका मध्ये केहीले विरोध गर्नु स्वाभाविक हो । केही व्यक्ति मुखर हुन्छन्, तिनले प्रतिक्रिया व्यक्त गर्छन् । धेरै त चुप लागेका हुन्छन् । मन्त्री आफैंले त्यसमा गल्ती महसुस गरी विज्ञप्ति सार्वजनिक गरिसकेपछि यो विषय साम्य हुनुपर्ने हो । तर, यसलाई नयाँ ढंगले विवादमा लैजाने काम भइरहेको छ । मन्त्रीको विरोध गर्ने व्यक्तिमध्ये एक ज्ञानेन्द्र शाहीले पत्रकार सम्मेलन गर्न खोज्दा आइतबार अपराह्न राजधानी काठमाडौंमा आक्रमण भएको छ । पक्कै पनि दलनिकट कार्यकर्ताकलाई उनको प्रस्तुति चित्त नबुझ्न सक्छ । तर, यसको अर्थ के होइन भने उनले आयोजना गरेको पत्रकार सम्मेलनमै गएर आक्रमण गरियोस् । वास्तवमा यसो गर्दा हिजोको ‘मण्डले चरित्र’ पुनरावृत्ति हुन थालेको आरोप लाग्न सक्छ । शासनसत्तामा बस्ने बढी संयमित हुनैपर्छ । कसैले आलोचना वा विरोध गरे, त्यही रूपमा जवाफ दिइहाल्नु आवश्यक हुँदैन ।

वास्तवमा मन्त्री भइसकेपछि भट्टराईले प्रमुख विपक्षी नेता शेरबहादुर देउवालाई भेटी सल्लाह÷ सुझाव लिएको खबरले सकारात्मक सन्देश दिएको छ । त्यति मात्र होइन, विमानस्थलमा आफूलाई स्वागत गर्न आएका कार्यकर्ताको माला कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई लगाउन लगाएर उनले शिष्टताको परिचयसमेत दिएका छन् । हो, पशुपतिमा आरती गर्ने बेला राष्ट्रिय गीत गाउन अनिवार्य गर्दा भने उनको आलोचना भएका छन् । सरकारमा रहेका मन्त्रीलाई गाली र ताली दुवै आउँछन् । त्यसलाई समभावले हेर्नुपर्छ । सरकारमा जानु भनेको नागरिकको सेवा गर्नु हो । सरकारमा रहँदा कतिपय आफूलाई चित्त नबुझ्ने कुरा पनि सुन्नुपर्ने हुन्छ । आफूले राम्रो काम गरिरहेका बेला पनि आलोचना हुँदा मान्छेको मन न हो, नराम्रो लाग्न पनि सक्छ । तर, आफू सार्वजनिक जवाफदेहीको पदमा रहेबापत यी सबै भोग्नुपर्ने भएको हो भन्ने हेक्का राख्न आवश्यक छ । मन्त्री भट्टराईले ज्ञानेन्द्र शाहीलाई कारबाही हुनबाट प्रहरीलाई रोकेको भन्ने सकारात्मक जानकारी पनि आएको छ । तर, सँगै उनलाई कास्की प्रवेशमा रोक लगाउने भन्ने सत्तारूढ दल नेपाल कम्युस्टि पार्टी (नेकपा)निकट राष्ट्रिय युवा संघ नेपालको विज्ञप्तिले मन्त्रीको सदाशयतामै प्रहार गरेको छ । त्यसैगरी उनको आफ्नो सचिवालयबाट जुन आक्रामक विज्ञप्ति जारी भएको छ, त्यो पनि आलोचनायोग्य छ । सरकारमा हुने दल र त्यसका नेता तथा कार्यकर्तामा यति धेरै उत्ताउलोपन आउनु उचित होइन । यसले लोकतान्त्रिक संस्कृतिमा निर्मम प्रहार गर्नेछ ।  








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad