७ वैशाख २०८१ शुक्रबार
खेल

महिला टोली फाइनलमा

काठमाडौं– मित्रराष्ट्र इन्डोनेसियाको योकार्ता सहरमा जारी २४औं एसियन टेबलटेनिस च्याम्पियनसिप २०१९ मा नेपाली महिला टोली फाइनल प्रवेश गरेको छ।

नेपाली टोलीका व्यवस्थापक धर्ममान वज्राचार्यले पठाएको समाचारअनुसार नविता श्रेष्ठ, एलिना महर्जन र सिक्का सुवाल सम्मिलित नेपाली टोलीले लिग कम नकआउटका आधारमा पहिलो खेलमा जोर्डनलाई र दोस्रो खेलमा तुर्किमिनिस्तानलाई समान ३–० ले पराजित गर्दै फाइनल यात्र तय गरेको हो।

नेपाली महिला टोली लिग चरणमा मकाउ र इरानसँग समान ३–० ले नै पराजित भएको थियो। यस्तै पुरुष टोलीले पनि तुर्कमिनिस्तानमाथि ३–१ को जित निकालेको छ। जसमा स्यान्टु श्रेष्ठले २ र संयोग कपालीले एक खेल जितेका थिए।

अमरलाल मल्ल भने पराजित भएका थिए। मेन्स टिम इभेन्ट्सकै अर्को खेलमा भने नेपाल थाइल्यान्डसँग ३–० ले पराजित भएको छ।

 

प्रकाशित: ३१ भाद्र २०७६ ०५:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App