८ वैशाख २०८१ शनिबार
राजनीति

राज्यमन्त्री पठाउन कांग्रेसमा गृहकार्य

काठमाडौं- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेेस सरकारमा थप मन्त्री पठाउने गृहकार्यमा जुटेको छ। सरकारमा केही राज्यमन्त्री पठाउने कांग्रेसको तयारी छ। साथै केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने र विभाग गठन प्रक्रिया अघि बढाउने तयारी पनि कांग्रेसले गरेको छ ।

कांग्रेस नेता गोपालमान श्रेष्ठले तत्काल राज्यमन्त्री पठाउने तयारी भइरहेको बताए। कांग्रेसले अब्दुल रज्जाक, सुवर्ण ज्वारचन, दिलीप गच्छदार, आङ्टावा शेर्पा, दीर्घराज भाट, सुरेन्› आचार्य, जीवन परियार र सरिता प्रसाईंमध्येबाट राज्यमन्त्री पठाउने स्रोतको दाबी छ। „ुव वाग्ले, वीरबहादुर बलायर, सुरेन्› यादव, सीताराम मेहता, दीपक कुइँकेल, राजेन्›कुमार केसी, दीपक खड्कासहितका नेता पनि राज्यमन्त्रीका आकांक्षी छन्।

कांग्रेसले दसैंअघि नै आठ जनालाई राज्यमन्त्रीमा पठाउन लागेको थियो। भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशनका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि राज्यमन्त्री पठाउने काम रोकिएको थियो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा हाल माओवादीबाट चार राज्यमन्त्रीसहित १३, कांग्रेसबाट १५, राप्रपाबाट दुई र नेकपा संयुक्तबाट एक मन्त्री छन्। 

यसैगरी सभापति शेरबहादुर देउवाले पार्टीका सबै निकाय तथा समितिहरूलाई पनि पूर्णता दिने तयारी गरेका छन्। आफू निकटका आकांक्षीलाई मनाएर तथा नेता रामचन्द्र पौडेल पक्षलाई समेत समेटर पदाधिकारी मनोनयन तथा विभाग गठन गर्ने तयारी देउवाले गरेको स्रोतको दाबी छ। विमलेन्द्र निधिलाई उपसभापति बनाउने पक्षमा देउवा रहे पनि खुमबहादुर खड्का र श्रेष्ठले पनि सोही पदमा दाबी गर्दै आएका छन्।

त्यस्तै, महामन्त्रीमा पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्कीको नाम चर्चामा छ। सभापति देउवाको रोजाइ कार्की भए पनि सबै पक्ष र समूहलाई मिलाउँदा खड्का महामन्त्री बन्नसक्ने एक नेताले बताए। देउवा सहमहामन्त्री पौडेल पक्षलाई दिने तयारीमा रहेको उनी निकट स्रोतको दाबी छ।

पार्टी पदाधिकारी र विभागले छिट्टै पूर्णता पाउने दाबी गर्दै नेता श्रेष्ठले भने, 'भ्रातृ संगठनका महाधिवेशन पनि सकिए, अब हप्ता दस दिनमै निकास आउँछ।'

केन्द्रीय सदस्य मीन विकले पनि मंसिर १० गतेभित्र पदाधिकारी र राज्यमन्त्रीको टुंगो लाग्न सक्ने बताए। उनले भने, 'भोलि (सोमबार) गृहकार्य सुरु होला।'

सभापतिमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला पुगेका देउवा आइतबार काठमाडौं फर्केपछि राज्यमन्त्री, पदाधिकारी र विभाग गठनको गृहकार्य थाल्न लागेका हुन्।

पार्टीको १३औं महाधिवेशनपछि कांग्रेस भ्रातृ संगठनको महाधिवेशनमा जुटेको थियो। एक दशकपछि नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ र नेपाल तरुण दलकोे महाधिवेशन सम्पन्न भएका छन्। भ्रातृ संगठनका महाधिवेशनअघि नै पदाधिकारी मनोनयन र विभाग गठन गर्दा त्यसको असर नेतृत्व चयनमा पर्ने भएकाले देउवाले यी काम थाती राख्दै आएका छन्। देउवा २०७२ फागुन २४ गते सभापतिमा निर्वाचित भएका हुन्।

प्रकाशित: ६ मंसिर २०७३ ०२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App