coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दाहाल र देउवा 'दुःखी'

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले भारत, कानपुरमा आइतबार भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। आइतबार साँझ भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरी घटनाबाट आफू दुःखी भएको बताएका हुन्।

यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सय पनि जनाभन्दा बढीको ज्यान जाने गरी भारतको कानपुरमा भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ, 'मित्रराष्ट्र भारत सरकार र त्यहाँका जनताले बेहोर्नुपरेको यो मानवीय क्षतिप्रति नेपाली कांग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सभापति शेरबहादुर देउवाले सहानुभूति प्रकट गर्नुभएको छ।'

कांग्रेसले रुकुमको रुकुमकोट—९ को रातापहरा नजिकै आइतबार बिहान ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु तथा शनिबार मकवानपुरको भीमफेदी—२ जुरीखेतमा कार दुर्घटनामा परी दुई जनाको ज्यान गएकोमा पनि दुःख व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ६ मंसिर २०७३ ०२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App