६ वैशाख २०८१ बिहीबार
राजनीति

नेपालबाहेक बालुवाटारका चार नेताको बैठक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा चार नेतासँग भेटघाट गरेका छन्। पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, रक्षामन्त्री इश्वर पोखरेलसँग भेटघाट गरेका हुन। सो बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई भने खबर नगरिएको स्रोतले जनाएको छ। बैठकमा सचिवालय सदस्य वामदेव गौतमलाई बोलाएको भए पनि उनी बिरामी भएका कारण उपस्थित भएका थिएनन्।

नेकपाको सचिवालय बैठक बस्न नसकेको अवस्था चार नेताबीच बालुवाटारमा भेटघाट भएको हो। भेटघाटमा के भयो भन्ने खुलाइएको छैन। सिंगापुरबाट फर्केलगत्तै ओली दाहाल निरन्तर भेटघाट भए पनि अन्य नेतासहित सोमबार भएको हो।

त्यसअघि एकपटक सचिवालय बैठक बसेर दल दर्ता गर्ने जिम्मेवारी दिँदै टुंगिएको थियो। स्वास्थ्य उपचारमा जानुपूर्व दुई अध्यक्षबीच आक्कलझुक्कल मात्र पार्टी र सरकारका विषयमा छलफल हुने गरे पनि पछिल्ला दिनमा दुई अध्यक्षबीचको निरन्तर भेटघाट र छलफल भैरहेको थियो। सोमबार शीर्ष चार नेताको भेटलालाई भने पार्टीभित्र अर्थपूर्ण रूपले हेर्न थालिएको छ। यसलाई ‘बिग फोर’को भेटघाटको रूपमा अथ्र्याउन थालिएको छ।

प्रकाशित: ३१ भाद्र २०७६ ०३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App