coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पहिरोले सडक अवरुद्ध

खोटाङ – पहिरोका कारण खोटाङको उत्तरी गाउँपालिका जोड्ने हुर्लुङ–बाक्सिला–ऐसेलुखर्क सडक अवरुद्ध भएको छ। रावाबेंसी गाउँपालिका–६ हौंचुरको पोखरीमा पहिरो खस्दा साता दिनदेखि नै सडक अवरुद्ध भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए।

सडकमा पहिरो खस्दा केपीलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिका सडक सञ्जालबाट विच्छेद भएको छ। साथै यात्रु घन्टौं पैदल हिँडेर यात्रा गर्न बाध्य भएको महासचिव हिङमाङले बताए। सडकमा पहिरो खस्दा केपीलासगढी गाउँपालिकाको बाक्सिला र ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्कबाट काठमाडौं, दिक्तेललगायत सहरबजारका लागि सवारीसाधन छुट्न सकेका छैनन्। सुरुमा सामान्य मात्रामा खसेको पहिरोले हाल सडक नै थुनेको महासचिव हिङमाङले बताए।

प्रकाशित: ३१ भाद्र २०७६ ०३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App