coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

हकप्रद र बोनस सेयर जारी गर्दै बिमा कम्पनी

काठमाडाैं – चुक्ता पुँजी वृद्धि गर्नुपर्ने दबाबमा परेका जीवन र निर्जीवन बिमा कम्पनीले त्यसका लागि हकप्रद र बोनस सेयरको बाटो समात्ने भएका भएका छन्।

बिमा समितिले गत आर्थिक वर्ष ०७५/७६ मा दुवैथरी बिमा कम्पनीलाई चुक्ता पुँजी बढाउन निर्देशन दिएपछि उनीहरुसँग मर्जरमा जानुबाहेक अन्य विकल्प थिएन। अहिले समितिले हकप्रद र बोनस सेयर जारी गर्न अनुमति दिएपछि सहज भएको बिमा कम्पनीले बताएका छन्।

बिमा समितिले दिएको निर्देशनअनुसार जीवन बिमा कम्पनीले दुई अर्ब तथा निर्जीवन बिमा कम्पनीले एक अर्ब रुपैयाँ चुक्ता पुँजी पु-याउनु पर्छ। यस्तो अवस्थामा केही ठूलाबाहेक कम चुक्ता पुँजी भएका कम्पनीलाई मर्जरमा जानुबाहेक विकल्प थिएन।

समितिका अनुसार यसअघि जीवन बिमाको हकमा ५० करोड र निर्जीवनको हकमा २५ करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने प्रावधान थियो। बिमा कम्पनीलाई आर्थिक रुपमा सबल बनाउन चुक्ता पुँजी बढाउन निर्देशन दिएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए।

‘कम्पनीलाई आर्थिक रुपमा सबल बनाउन चुक्ता पुँजीको ठूलो भूमिका हुन्छ,’ उनले भने, ‘अहिलेको बिमा बजारको तुलनामा कम्पनीको चुक्ता पुँजी पर्याप्त नभएकाले सबै कम्पनीलाई निर्देशन दिएका हाैं।’

यसका लागि कम्पनीका संस्थापक सेयरधनीलाई ‘कल इन एडभान्स’ रकम जम्मा गरी हकप्रद तथा बोनस सेयर जारी गर्न अनुमति दिएको उनले बताए। समितिका अनुसार हाल २० निर्जीवन तथा १९ जीवन बिमा कम्पनी सञ्चालनमा छन्। तीमध्ये अधिकांशको चुक्ता पुँजी पर्याप्त छैन।

बिमा समितिले दिएको निर्देशनअनुसार जीवन बिमा कम्पनीले दुई अर्ब तथा निर्जीवन बिमा कम्पनीले एक अर्ब रुपैयाँ चुक्ता पुँजी पु-याउनु पर्छ। यस्तो अवस्थामा केही ठूलाबाहेक कम चुक्ता पुँजी भएका कम्पनीलाई मर्जरमा जानुबाहेक विकल्प थिएन।

समितिसँग केही दिनअघि छलफल गरेपछि केही बिमा कम्पनीले हकप्रद सेयर जारी गर्न अनुमति लिइरहेका छन् भने अन्यले साधारण सभाबाट निर्णय गरिरहेका छन्। समितिका अनुसार निर्जीवन बिमा कम्पनी एनएलजी इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ६० प्रतिशत हकप्रद सेयर जारी गरी चुक्ता पुँजी वृद्धि गर्ने तयारीमा लागेका छन्।

निर्जीवन बिमा कम्पनी युनाइटेड इन्स्योरेन्सले दुई सय ४० प्रतिशतका दरले हकप्रद सेयर जारी गर्न अनुमति लिएको समितिले जनाएको छ। समितिका अनुसार जीवन बिमा कम्पनी सूर्या लाइफ इन्स्योरेन्सले चुक्ता पुँजी बढाउन ७० प्रतिशत हकप्रद सेयर जारी गर्नै योजनामा रहेको छ।

त्यसैगरी, अर्काे जीवन बिमा कम्पनी गुराँस लाइफले शतप्रतिशत हकप्रद सेयर जारी चुक्ता पुँजी वृद्धि गर्ने योजनामा रहेको समितिले जनाएको छ।

प्रकाशित: ३१ भाद्र २०७६ ०२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App