coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पर्यटनमन्त्रीकै आग्रहमा शाही रिहा

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको आग्रहमा प्रहरीले ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई छाडिदिएको छ। उनी पक्राउ परेको थाह पाएपछि मन्त्री भट्टराईले कानुनले छाड्न मिल्ने हो भने उनलाई छाडिदिन गृह मन्त्रालमा अनुरोध गरेपछि मन्त्रालयले प्रहरीलाई कागज गरेर छाड्न निर्देशन दिएको थियो। महानगरीय प्रहरी परिसर ललितपुरले आइन्दा अभद्र व्यवहार नगर्ने सर्तमा कागज गरेर उनलाई छाडेको छ। नेपालगन्ज विमानस्थलमा पर्यटनमन्त्री भट्टराई दुव्र्यवहार गरेका शाहीले आइतबार पत्रकार सम्मेलन गर्दा उनीमाथि आक्रमण हुन खोजेपछि सुरक्षाका लागि ललितपुर परिसरमा राखेको थियो। परिसरमै अभद्र व्यवहार गरेपछि उनलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा लगेपछि मन्त्री भट्टराइले मिलसम्म छाडिदिन गृह मन्त्रालयका अधिकारीहरुलाई आग्रह गरेका थिए।

शाहीलाई पोखरा र धनुषामा निषेध
नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले शाहीलाई कास्की र धनुषामा प्रवेशमा निषेध गरेको छ। नेपालगन्ज विमानस्थलमा मन्त्री योगेश भट्टराईमाथि दुव्र्यवहार गरेको, राजावादीको पक्षपोषण गरेर परिवर्तनलाई चुनौती दिएको भन्दै संघको कास्की जिल्ला कार्यसमितिले एक प्रेस विज्ञप्ति जारी गर्दे जिल्ला प्रवेशमा शाहीलाई निषेधको घोषणा गरेको हो।

जिल्ला अध्यक्षद्वय भोजराज पौडेल र डिल्लीराम सुवेदीद्वारा जारी विज्ञप्तिमा ज्ञानेन्द्र शाहीलाई गलत अभियानमा संलग्न कुपात्रको रूपमा चित्रण गर्दै गणतान्त्रिक भूमि कास्कीमा प्रवेश निषेध गर्ने घोषणा गरिएको उल्लेख छ। सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा भ्रम सिर्जना गर्न खोज्ने, द्वन्द्व सिजना गर्न उस्काउनेहरु पछिल्ला उपलब्धी र परिवर्तनको विरोेधी तत्वबाट प्रायोजित तथा सञ्चालित रहेको संघको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३१ भाद्र २०७६ ०१:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App