७ वैशाख २०८१ शुक्रबार
समाज

भारतबाट ल्याउँदै गरेको एयर गनसहित पक्राउ

हतियारसहित पक्राउ परेका प्रजुन गिरी । तस्बिरः नागरिक

नेपालगन्ज– नेपाल–भारत सिमा क्षेत्रबाट एक व्यक्ति हतियारसहित पक्राउ परेका छन्। नेपालगन्ज उपमहानगरपालिका–१६ स्थित नेपालगन्ज भन्सार कार्यालयको मुख्य गेट अगाडीबाट चेकजाँचका सोमबार बेलुका ७ बजेर २० मिनेटमा क्रममा पक्राउ गरिएको हो। पक्राउ पर्नेमा नेपालगन्ज कारकाँदो निवासी ५५ वर्षीय प्रजुन गिरी रहेका छन्।

उनको साथबाट ‘वान टोए’ एयर गन र त्यसमा प्रयोग हुने ५ सय थान छर्रा बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक नवराज बोहराले जानकारी दिए। सशस्त्र प्रहरी नायव निरीक्षक चन्द्रबहादुर रानाको कमाण्डमा खटिएको टोलीले भारतको रुपैडिहाबाट नेपालगन्जतर्फ आउँदै गरेको युपी ४० ए.सी.१५१८ नम्बरको गाडी चेकजाँच गर्दा हतियार फेला परेको थियो। 

प्रकाशित: ३० भाद्र २०७६ १५:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App