coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लिम्बुकाे समाधीस्थलमा नगरपालिकाकाे डाेजर, स्थानीय आक्रोशित

तेह्रथुम– लालीगुराँस नगरपालिका–५ दागपाको सल्लेरी बहुउदेश्यीय सामुदायीक उपभोक्ता समितिको परिसरमा रहेको समाधीस्थल मासेर खेल मैदान बनाएको भन्दै स्थानीयले आपत्ति जनाएका छन्। स्थानीयलाई परामर्श नलिई परापुर्वकालदेखि लिम्बुहरुले प्रयोग गर्दै आएको समाधीस्थलमा लालीगुराँस नगरपालिकाको जेसीबी प्रयोग गरेर उत्खनन् गरेको भन्दै स्थानीयबासी र चुम्लुङले आप्पत्ती जनाएको हो। लालीगुराँस नगरपालिकाको जेसीबीले नगरपालिकाको आर्थिक सहयोगमा खेल मैदान निर्माण गरिदिए पछि आफ्नो सँस्कृतिमाथि नगरपालिकाले हस्तक्षेप गरेको स्थानीय सविन याक्थुङवाले बताए। उनले लामो समयदेखि समाधीको रुपमा प्रयोग गर्दै आएको स्थलमा खेल मैदानको नाममा हस्तक्षेप गरेकोप्रति आपत्ती रहेको प्रतिकृया दिए।

लिम्बुहरुले प्रयोग गर्ने समाधीस्थलमा जेसीबी प्रयोग गरेर करिब ५ सय जति चिहान उत्खनन् गरेको उजुरी आएपछि किरात याक्थुङ चुम्लुङ तेह्रथुमले समेत स्थलगत अनुगमन गरेको चुम्लुङका जिल्ला सचिव तेजमान कन्दङवाले बताए। उनले अनुगमनका क्रममा खेल मैदान भन्दा पनि ऐतिहासिक पुरातात्विक सामाग्री भेटिने आसमा वर्षौदेखि प्रयोग गर्दै आएको समाधीस्थल नगरपालिकाले उत्खलन गरेको जस्तो देखिएको टिप्पणी गरेका छन्। स्थानीयको आवश्यकता अनुसार विकास निर्माण गर्दा स्थानीयको सहमतिमा गर्नुपर्ने भए पनि नगरपालिकाले खेल मैदान निर्माण गरि दिएको स्थानीयले आरोप लगाएका छन्।

खेल मैदानको नाममा समाधीस्थल उत्खनन् गरेको भन्ने बारेमा लालीगुराँस नगरपालिका–५ दापगाका वडाअध्यक्ष नगेन्द्र कार्कीले स्थानीयको मागका आधारमा नगरपालिकाले आफ्नो जेसिबीले खेल मैदान निर्माण गरिएको स्वीकार गरेका छन्। उनले आफुहरुले खेल मैदान निर्माण सुरु गर्दा कसैले टिकाटिप्पणी नगरेको र निर्माण कार्य सम्पन्न भएपनि चिहान खनियो भनेर कुरा आउनु दुःखद भएको बताए। खेल मैदान निर्माणका लागि नगरपालिकाका मेयर अर्जुन बाबु माबुहाङसँग परामर्श लिएरनै काम सुरु गरेको वडाध्यक्ष कार्कीले दाबी गरे।

यस बिषयमा किरात याक्थुङ चुम्लुङ तेह्रथुमले लालीगुराँस नगरपालिकाका मेयरलाई लिखित रुपमा जानकारी माग्ने चुम्लुङका सचिव कन्दङवाले बताए। करिब सयौं वर्ष अघिदेखि लिम्बुहरुले समाधीको रुपमा प्रयोग गर्दै आएको उक्त सल्लेरी बहुउदेश्यीय साबउसको क्षेत्रमा सयौं चिहान उत्खनन् गर्दा पितापुर्खाहरुको हड्डी, थाल, पुवालो र माटोको फुटेको भाडाकुडासमेत फेला परेको स्थानीयबासीले बताएका छन्। नगरपालिकाले आफ्नो पितापुर्खाको चिहान उत्खनन् गरेर यस्तो दर्दानक अवस्थामा हड्डीहरु अलपत्र पारिएको प्रति किरात याक्थुङ चुम्लुङ गाउ कमिटी र जिल्ला कमिटीले खेद प्रकट गरेको छ।

प्रकाशित: ३० भाद्र २०७६ १३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App