coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गाडी चालक र कार्यालय सहयोगीलाई स्थायी गर्नुपर्ने पम्फा भुसालको प्रस्ताव

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले गाडी चालक र कार्यालय सहयोगीलाई पनि अनिवार्य रुपमा स्थायी गर्नुपर्ने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेकी छिन्। नेकपाकी सांसद भुसालले कम तलव र सेवामा काम गर्ने गाडी चालक र कार्यालय सहयोगीहरुलाई न्याय गर्न पनि उनीहरुलाई अनिवार्य स्थायी गर्नुपर्ने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेकी हुन्।

सोमबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माथिल्लो ओहोदाका कर्मचारीलाई मात्रै अनिवार्य रुपमा स्थायी गर्ने संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्तसम्बन्धि विधेयक’मा राखिएको प्रावधानमाथिको छलफलमा भाग लिँदै उनले तल्लो तहका कर्मचारीलाई पनि अनिवार्य रुपमा स्थायी गर्नुुपर्ने माग सरकारसँग गरिन। सांसद भुसालले कम्प्युटर अपरेटरलाई पनि करारमा राख्न नहुने धारणा राखिन्।

त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले पनि अस्थायी र करारमा कर्मचारी नराख्ने कानुनी व्यवस्था गर्न उपयुक्त हुने सुझाव सरकारलाई दिए। उनले अस्थायी प्रकृतिका कार्यालयका लागि भने सो कार्यालयको प्रयोजन सकिएपछि कर्मचारीहरुलाई पनि विदाई गर्ने कानुनी व्यवस्था गर्नुपर्ने धारणा राखे।

काँग्रेस सांसद बडुले सबै कर्मचारी स्थायी भएपछि उनीहरुलाई राज्यले दिने सेवा र सुविधा पनि समान खालको हुने स्पष्ट पारे।

प्रकाशित: ३० भाद्र २०७६ ११:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App