बाँके घटनालाई लिएर संसद अवरोध, बैठक स्थगित

सोमबार, ३० भदौ २०७६, १६ : ३१ नागरिक

काठमाडौं– प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तापक्षका सांसदले बाँके घटनालाई लिएर वडा अध्यक्षलाई मुद्धा चलाउन नपाईने भन्दै विरोध गरेपछि प्रतिवादमा कांग्रेस सांसदहरु विरोधमा उत्रिएका हुन्।

बाँके घनालाई लिएर खजुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुमन मल्ल विरुद्ध दिएको किटानी जाहेरी दर्ता भएसंगै कांग्रेस संसद संचालन गर्न सहमत भएको थियो। कांग्रेसले दोषीलाई कारवाहीको प्रतिवद्धता सरकारबाट मागिरहेका बेला सहमति विपरित सत्तापक्षकै सांसदले घटनाको बारेमा भिन्न दाबी प्रस्तुत गर्दे आफुहरुले पनि आन्दोलन गर्ने अभिव्यक्ति दिएपछि सहमति भाँडिएको छ। बाँके घटनालाई लिएर खजुरा गाउपालिका वडानम्बर १ का अध्यक्षलाई मुद्धा लगाउन नपाउने भन्दै सत्तारुढ दल नेकपाका सांसद नन्दलाल रोका क्षेत्रीले विरोध जनाए लगत्तै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए।

कांग्रेस सांसदहरु उभिईरहेकै समयमा सांसद रोकाले बांके घटनामा नेपाली कांग्रेसकै कार्यकर्ता जिम्मेवार भएको जिकिर गर्दे वडाअध्यक्षलाई मुद्धा चलाए आफुहरु पनि आन्दोलन गर्ने अभिव्यक्ति दिएपछि बैठकको वातावरण अस्वभाविक बनेको हो।

सांसद रोकाले भन्नुभयो “कसैले पनि त्यहा हातपात गरेको छैन । कुनै पनि केही घटना घटेको छैन । त्यहाँ कसैले कसैलाई छोएकै छैन । त्यसै आक्षेप लगाएर हुदैन । तर वडा अध्यक्ष वेकसुर छ। त्यो वडा अध्यक्षलाई मुद्धा लगाउने भन्ने कुरा कतै पनि सहन सक्दैनौं। यदि नेपाली कांग्रेसले आन्दोलन गर्छ भने हामीले पनि आन्दोलन गर्छौ। आन्दोलन किन नगर्ने? हामी सत्य कुरा मात्रै स्वीकारर्छौ। असत्य कुरा कुनै पनि हालतमा स्वीकार गर्दैनौ । समिति गठन गरेर छानविन गर्नुपर्छ। जो दोषी छ कारवाही गरौं। समिति गठन विना हुन सक्दैन । समिति गठन गरेर छानविन गर्नुपर्छ।’

सांसद रोकाको अभिव्यक्ति पछि नेपाली कांग्रेसका सांसदहरुले बोल्न समय मागेका थिए। तर सभामुखले समय नदिएपछि उनीहरुले वेल घेराउ गरि नाराबाजी गरेका हुन्। कांग्रेस सांसदहरुले ‘संसदमा निश्पक्षता कायम गर, दोषीलाई कारवाही गर। राज्य आतंक बन्द गर।’ भन्दै झण्डै आधा घण्टा नाराजाबी गरेका थिए। नाराबाजी जारी रहेपछि सभामुख कृष्णबहादुर महराले आगामी असोज १ गते विहान ११ बजे सम्मका लागि स्थगित गरेका थिए।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad