coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेप्सेमा 'पहिरो' जाने क्रम रोकिएन, आज पनि गिरावट

काठमाडौं। साताको दोस्रो दिन सोमबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। ११४० दशमलव ०१ बिन्दूबाट सूरु भएको परिसूचक १६.१८ अंकले घटेर ११२३.८३ बिन्दूमा झरेको हो। त्यस्तै ‘क’ वर्गका कारोबार मापक सेन्सेटिभ इन्डेक्समा पनि १ दशमलव ४६ प्रतिशतले गिरावट आएको छ।  
कारोबारमा आएका समूहमध्ये व्यापार समूहबाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ। आज कूल १६९ कम्पनी कारोबारमा आएका थिए। जसका १२ लाख ४८ हजार ४ सय कित्ता सेयर खरिदबिक्रिबाट ३४ करोड ३९ लाख १८ हजार रुपैयाँ कारोबार भएको छ।
आज साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ता मात्र कमाउन सफल भए। उक्त कम्पनीको सेयर मूल्य करिब ४ प्रतिशतले वृद्धि भएपछि साल्ट ट्रेडिङका लगानीकर्ता उत्साहित भएका हुन्। साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा १७ दशमलव ८७ अंक गिरावट आएको थियो। 

 

प्रकाशित: ३० भाद्र २०७६ १०:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App