४ वैशाख २०८१ मंगलबार
राजनीति

समाजवादी पार्टीले संविधान दिवसमा दिपावली पनि नगर्ने कालो दिन पनि नमाउने

फाइल फोटाे

काठमाडौं– समाजवादी पार्टीले संविधान दिवसको दिन कुनै कार्यक्रममा सहभागी नहुने भएको छ। असोज ३ गते संविधान दिवसको दिन खुशीयालीको रुपमा दिपावली वा विरोधको रुपमा कालो दिवस दुवै नमनाउने र कार्यक्रमहरुमा सहभागि पनि नहुने भएको हो।

उक्त पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख प्रशान्त सिंहका अनुसार २०७२ सालको विद्यमान संविधान त्रुटीपूर्ण एवम् अपूर्ण रहेकोले संविधान जारी भएको दिन कुनै कार्यक्रममा सहभागी नहुने पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्णय गरेको छ।

उक्त दिन संविधान संशोधनको अपरिहार्यता र आवश्यकता विषयक अन्तरक्रियात्मक कार्यक्रमहरु सात वटै प्रदेशको राजधानीमा गर्ने निर्णय बैठकले गरेको छ ।

समाजवादी पार्टी अहिले सरकारमै छ।

प्रकाशित: ३० भाद्र २०७६ १०:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App