७ वैशाख २०८१ शुक्रबार
अर्थ

चोभारमा ३१ करोड लागतमा फलफूल र फूलको थोक बिक्री केन्द्र स्थापना हुने

काठमाडौं—विश्व बैङ्कको रु ३१ करोड ७४ लाख ९२ हजार ८३२ को लागतमा आगामी १३ महिनाभित्र कीर्तिपुर नगरपालिका– १४ मा फलफूल र फूल सङ्कलन केन्द्रको निर्माण गरिने भएको छ।

केन्द्रमा ३० मेट्रिक टन क्षमताको धर्मकाँटा, एउटा फलफूल पकाउने र अर्का चिस्यान कक्ष, सूचना कक्ष प्रयोगशालालगायत, रहनेछ।

केन्द्रमा ३० मेट्रिक टन क्षमताको धर्मकाँटा, एउटा फलफूल पकाउने र अर्का चिस्यान कक्ष, सूचना कक्ष प्रयोगशालालगायत, रहनेछ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिको स्वामित्वामा रहेको करिब २५ रोपनी जग्गामा उक्त केन्द्र निर्माण हुन लागेको हो।

पहिले कृषि चुन उद्योग रहेको उक्त जमिन केही वर्ष पहिले कालीमाटी फलफूल तथा तरकारी विकास समितिले खरिद गरेको थियो।

व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को आयोजनामा भएको कार्यक्रममा कृषि विकास मन्त्री गौरीशङ्कर चौधरीले प्रस्तावित भवन शिलान्यास गरे।

उनले थोक बिक्री केन्द्रका रुपमा निर्माण हुन गइरहेको सो प्रस्तावित भवन निर्माणले साना तथा मझौला किसान लाभान्वित हुने बताए।
 

केन्द्र निर्माण कार्यको जिम्मेवार निकाय महादेव खिम्ति समसुजामुन र क्लिन डेभलपमेन्ट कन्सलटेन्ट प्रालिले लिएको छ। रासस

प्रकाशित: ५ मंसिर २०७३ ११:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App