coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पहिरो खस्दा हुर्लुङ–बाक्सिला–ऐसेलुखर्क सडक ठप्प

खोटाङ – पहिरोका कारण खोटाङको उत्तरी गाउँपालिका जोड्ने हुर्लुङ–बाक्सिला–ऐसेलुखर्क सडक ठप्प भएको छ । रावाबेँसी गाउँपालिका–६ हौंचुरको पोखरीमा पहिरो खस्दा हप्ता दिनदेखि नै सडक ठप्प भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । सडकमा पहिरो खस्दा केपीलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिका सडक सञ्जालबाट बिच्छेद भएको छ ।

सडक ठप्प हुँदा यात्रु घण्टौं पैदल हिँडेर यात्रा गर्न वाध्य बनेको महासचिव हिङमाङले बताए । ‘हप्ता दिनदेखि नै हुर्लुङ–बाक्सिला–ऐसेलुखर्क सडक ठप्प छ,’ हिङमाङले भने, ‘यात्रुले हप्ता दिनसम्म सास्ती खेप्दा पनि सम्वन्धित निकायको मर्मतमा ध्यान गएको छैन ।’

सडकमा पहिरो खस्दा केपीलासगढी गाउँपालिकाको बाक्सिला र ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्कबाट काठ्माण्डौं, दिक्तेल लगायतका शहर बजारका लागि सवारी साधन छुट्न सकेका छैनन् । सुरुमा सामान्य मात्रामा खसेको पहिरोले हाल सडक नै थुनेकाले पैदल यात्रा गर्नै मुस्किल भइरहेको महासचिव हिङमाङले बताए ।

प्रकाशित: ३० भाद्र २०७६ ०७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App