coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

काँकडभिट्टा (झापा)-झापाको शरणामतिमा आज बिहान जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शरणामति–४ निवासी ६० वर्षीया झुमा देवी भट्टराई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर शर्माले बताए ।

प्रवक्ता शर्माका अनुसार आज बिहान १०ः४५ बजे घर नजिकैको रानी सामुदायिक वनमा घाँस काटिरहेका बेला जङ्गली हात्तीको कुल्चाइबाट भट्टराईको मृत्यु भएको हो । झापामा एक महिनाको अन्तरालमा तीन जनाको हात्ती आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: ५ मंसिर २०७३ ११:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App