८ वैशाख २०८१ शनिबार
कला

दिनेश क्षेत्रीको ‘जहाज’मा परदेशीको पीडा

काठमाडौं– लोकदोहोरी गायक दिनेश क्षत्रीले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको पीडालाई समेटेर ‘जहाज’ नामक गीत तयार पारेका छन्।

गीतको भिडियो असोज ३ गते सार्वजनिक गरिँदैछ। गीतले परदेशमा दुःख गर्ने दाजुभाइको वास्तविकता बोलेको गायक क्षेत्रीले बताए। 

गीतमा स्वर, शब्द र लय क्षेत्रीको रहेको छ। त्यसैगरी एरेन्ज अर्जुन थापाको रहेको छ। भिडियोको निर्देशन दिनेश क्षेत्री, छायांकन दुर्गा पौडेल, सम्पादन नविन घर्तीमगरको रहेको छ। 

म्युजिक भिडियोमा पूर्ण चौलागाई, रुकु विष्ट र सम्झना अभिनय रहेको छ।  

गायक क्षेत्रीले केही समय अगाडि ‘केसरी’ नामक गीति एल्बम बजारमा ल्याएका थिए। 

प्रकाशित: ३० भाद्र २०७६ ०६:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App