मन्त्रीमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग

सोमबार, ३० भदौ २०७६, १२ : ०७ नागरिक

ताप्लेजुङ – पश्चिम नेपालको टीकापुरमा आयोजित डल्फिन महोत्सवको कार्यक्रममा सहभागी बनेर काठमाडौं फर्कने क्रममा नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्यययन मन्त्री योगेशकुमार भट्टराईमाथि अभद्र व्यवहार भएको भन्दै नेकपा ताप्लेजुङले निन्दा प्रकट गरेको छ।

आइतबार नेकपा ताप्लेजुङले पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री भट्टराईमाथि भएको अभद्र हर्कतलाई निरुत्साहित गर्न जनआन्दोलनकारी लोकतान्त्रिक पार्टीहरुलाई अपिलसमेत गरेको छ। नेकपा ताप्लेजुङ कार्यालयको विज्ञप्तिमा मन्त्री भट्टराईमाथि अभद्र व्यवहार गर्ने ज्ञानेन्द्र शाहीसहित घटनामा संलग्नलाई कारबाही गर्न नेपाल सरकारसमक्ष माग गरिएको छ।

नेकपा ताप्लेजुङले पत्रकार सम्मेलनमार्फत शाहीसहितका मानिसहरुबाट भएका अभद्र हर्कतले मुलुकलाई अस्थिरता, अराजकता र प्रतिगमनतर्फ लाने जबरजस्त प्रवृत्तिलाई इंगित गरिरहेको बताएको छ।

नेकपा ताप्लेजुङले लोकतन्त्र तथा गणतन्त्रका पक्षधर आम नेपाली चाहे त्यो जुनसुकै लोकतान्त्रिक पार्टीमा समाहित भए पनि ज्ञानेन्द्र शाही प्रवृत्तिको विरुद्धमा रहनुपर्ने भन्दै शाहीसमेतबाट भएका हर्कत नियन्त्रणमा लिन सरकारसँग माग गरेको छ।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

गेमिंग ल्यापटप खरिद गाइड

गेमिंग ल्यापटप खरिद गाइड

२०२० मा कस्तो गेमिंग ल्यापटप किन्ने ? ...

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

सि.जी. इलेक्ट्रोनिक्स को १८ औं शोरुम तथा एल.जी को ८औं नयाँ प्रिमियम ब्राण्ड शप विराटनगरमा संचालनमा आएको छ । ...

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

प्रभु बैंकको शाखा विस्तार

प्रभु बैंकको शाखा विस्तार

प्रभु बैंकले रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा शाखा विस्तार गरेको छ । ...

अनलाइन जब फेयर आयोजना हुने

अनलाइन जब फेयर आयोजना हुने

आस्कमी म्यानेजमेन्टले यही माघ १५ र १६ गते दुईदिने ‘भर्चुअल जब फेयर’ सञ्चालन गर्ने भएको छ । ...

वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

गत माघ १० गतेबाट सुरु भएको तीनदिने ११औं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । ...

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाजको डोमिनार ४०० हन्ड्रेड बाइक। ...

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

Ncell Footer Ad