८ वैशाख २०८१ शनिबार
अर्थ

सगुनमा एनआरएनलाई लगानी गर्ने अवसर

काठमाडौं— सामाजिक सञ्जाल सगुनले गैर आवासीय नेपाली(एनआरएन)लाई लगानीको अवसर खुल्ला गरेको छ। गैर आवासीय नेपाली गोविन्द गिरी संस्थापक रहेको सगुन डट कमले बुधबार काठमाडौंमा पत्रकार भेटघाट गरी उक्त जानकारी गराएको हो।

अमेरिकामा स्थापना गरेर सञ्चालनमा आएको उक्त कम्पनीमा नेपालको कानुन अनुसार नेपालबाट लगानी गर्न नपाइने भएकोले विदेशमा रहेका गैर आवासीय नेपालीले उक्त कम्पनीमा लगानी गर्न पाउने छन्। योग्य लगानीकर्ताको लागि न्यूनतम ५ हजार डलर लगानी गर्न सक्ने कम्पनीले जनाएको छ। ५ लाख डलरको आवेदन आएपछि बन्द गर्ने कम्पनीको नीति छ।

सगुनले अमेरिका, क्यानडाका नागरिकका साथै भारत, युरोप, मध्य पूर्व एसिया लगायतका देशमा काम गर्ने र लगानी गर्न चाहाने एनआरएनलाई लक्षित गर्दै आइपिओ जारी गरेको सगुनको लागि नेपालका सञ्चार तथा जनसम्पर्क अधिकृत अजयबाबु सिवाकोटीले बताए। ‘विदेशमा बस्ने नेपालीले त्यही देशको कानुन अनुसार लगानी गर्न पाउनेछन्,’ उनले भने, ‘एक नेपालीले सञ्चालन गरेको कम्पनीमा लगानीको उपयुक्त अवसर हो।’

मुलुक बाहिर रहेका नेपाली नागरिकले सम्वन्धित देशको कानुन अनुसार लगानी गर्न सक्ने व्यवस्था मिलाएको छ ।  सामाजिक सञ्जाल जुन २९ को मध्यरातदेखि लगानीकर्ताले आबेदन दिन सक्ने छन्।

२० लाख डलरबाट सन् २०१४मा स्थापना गरेको सगुनको पूँजी अमेरिकी कानुन अनुसार त्यहाँको डेलावेयर कर्पोरेशनको मूल्यांकनमा अहिले १ करोड ५० लाख डलर भई आइपिओ जारी गरेको हो। सन् २०१४ मा ५० सेन्ट रहेको एक शेयर मूल्यको भ्यालू अहिले ३.७५ डलर कायम भएको छ। आगामी चार महिनामा सगुनको पूँजी वृद्धि भएर ६ करोड डलर पुग्ने आंकलन गरिएको छ। युएस जब्स एक्ट अनुसार दर्ता भएर सञ्चालन भएको उक्त कम्पनीले यसले विश्वभर रहेका लगानीकर्तालाई इक्विटी क्राउड फण्डिङ पहलमा बैंकरोल मार्फत अवसर प्रदान गरिरहेको छ।

सेयर खरिदबाट आएको पूँजीबाट सगुनको प्रयोगकर्ता विस्तार गर्ने, थप नयाँ विशेषताहरु बढाउँदै जाने र मोबाइल एप्पको सुरुवात गर्ने संस्थापक गिरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सगुनले गरेको आम्दानी गरेको पाँच प्रतिशत रकम स्मार्ट कार्ड मार्फत प्रयोगकर्ताले पाउने सुनिस्चित गरिएको जनाएको छ । सगुनलाई एउटा उदाहरणीय सामाजिक सञ्जाल बनाउने योजना बनाएको सहसंस्थापक कविन सिटौलाले जनाएका छन्।

अमेरिकाको वासिङटन डिसीमा मुख्य कार्यालय रहेको सगुन एउटा बिश्वब्यापी रुपमा फैलिएको सामाजिक सञ्जाल हो । सगुनमा लगानीका लागि धधध।कबनययल।अयmरष्लखभकत गएर सम्पर्क गर्नुपर्ने जनाएको छ ।
 

प्रकाशित: १५ असार २०७३ १२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App