coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

झापामा ५ सय भन्दाबढी डेंगीका बिरामी

काठमाडाैँ - तीन महीनाअघि देखा परेको डेंगी रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेंगी रोग नियन्त्रणमा आउन नसकेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा अहिले पनि डेङ्गुका रोगी ५०० भन्दाबढी छन् । उनीहरुको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कुलबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार यस्तै अवस्था रहे झापामा पनि सङ्कट आउन सक्छ ।

डेंगी नियन्त्रणका लागि गत वर्षसम्मका कार्यक्रम सकिए पनि यस वर्ष कुनै कार्यक्रम नआएको पौडेलको भनाइ छ । स्थानीय तहले डेङ्गु नियन्त्रणका लागि चासो दिनुपर्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालयसँग कुनै पनि नगरपालिका तथा गाउँपालिकाले सहयोग नमागेको पौडेलले बताए ।

डेंगीका कारण झापामा हालसम्म दुई जनाको मृत्यु भइसकेको छ । यो वर्ष झापामा कसैको मृत्यु नभए पनि यसरी नै बिरामीको सङ्ख्या बढ्दै गएमा भयावह अवस्था सिर्जना हुनसक्ने पौडेलले बताए। झापामा डेङ्गु पहिलोपटक मेचीनगरमा फेला परेको थियो । झापाका मेचीनगर, विर्तामोड, दमक, भद्रपुर लगायतका नगर डेङ्गुको जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित: ३० भाद्र २०७६ ०६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App