coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

महाभियोग प्रस्तावमा माथिको छलफल जारी

काठमाडौँ- व्यवस्थापिका– संसद्को आजको बैठकमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल जारी रहेको छ।

नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवम् व्यवस्थापिका– संसद् नियमावली, २०७३ को नियम १६८ को उपनियम (१) बमोजिम प्रमुख आयुक्तमाथि एक सय ५७ सदस्यले उक्त प्रस्ताव दर्ता गरेका थिए।

उक्त प्रस्तावमाथिको छलफलमा आज तीन सांसदले मात्र भाग लिए। सांसद टुकराज सिग्देल, जनकबहादुर बुढा र ममता गिरीले भ्रष्टाचार निवारण गर्न गठित संवैधानिक आयोगको प्रमुख नै विधिको शासनको बर्खिलाफ लागेको भन्दै त्यस्ता व्यक्ति उक्त निकायको प्रमुख हुन नसक्ने भएकाले महाभियोग प्रस्ताव दर्ता गरिएको बताए।

“यो धर्तीको कुनै पनि तागतले लोकमानलाई जोगाउन सक्दैन,” उनीहरुको आशय थियो। व्यवस्थापिका– संसद्को अर्को बैठक यही मङ्सिर १४ गते अपराह्न १३:०० बजे बस्नेछ । रासस

 

प्रकाशित: ५ मंसिर २०७३ १०:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App