७ वैशाख २०८१ शुक्रबार
राजनीति

आन्तरिक राजनीतिको हतियार परराष्ट्र नीतिमा बनाउनु हुँदैन : मन्त्री महत

इटहरी–परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपालको आन्तरिक राजनीतिको हतियार परराष्ट्र नीतिमा बनाउन नहुने बताएका छन्। उनले पार्टीहरुको आन्तरिक राजनीतिको हतियार परराष्ट्र नीतिमा बनाउँदा त्यसले देशलाई दीर्घकालीन रुपमा ठूलो घाटा हुने जिकिर गरे।

‘परराष्ट्र नीतिको कुरा संवेदनशील भएकाले गर्दा सडकमा कुनै पनि छिमेकीको अनाश्यक टिकाटिप्पणी गर्नु जायज हुदैन,’ इटहरीमा आइतबार नेपाली काँग्रेसद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा परराष्ट्रमन्त्री महतले भने, ‘परराष्ट्र नीतिमा राजनीतिक पृष्ठपोषणको कुरा गर्दा त्यो घातक हुन्छ।’ उनले राष्ट्रियताको कुरा सडकमा नभएर कुटनीतिज्ञ टेवलमा गर्नुपर्ने जनाउँदै जहाँ राख्दा समस्या समाधान हुन्छ त्यही ठाउँमा मात्र कुटनीतिज्ञ कुरा राख्नुपर्ने बताए ।

‘सरकार राष्ट्रिय स्वार्थ र आवश्यकता परिपूर्ति गर्नका लागि गम्भीर छ,’ महतले भने, ‘नेपालले दुवै छिमेकी देश भारत तथा चीनसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ ।’ उनले काँग्रेसका कार्यकर्तालाई कुनै पनि कुरामा हल्लाको पछि नलागिकन वास्तविकता बुझेर मात्र टिप्पणी गर्न पनि सुल्झाए ।

प्रकाशित: ५ मंसिर २०७३ १०:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App