वन कार्यालयले नगरपालिकालाई भन्यो: वन क्षेत्र खनजोत गर्नुको कानुनी आधार के?

आइतबार, ०५ मङि्सर २०७३, १६ : १३ रोहित राई

धरान- सरकारी निकायकै अगुवाईमा कानुन मिचेर सरकारी वन क्षेत्र खनजोत गर्नुको साथै रुखविरुवा मासेको भन्दै वन कार्यालयले धरान उपमहानगरपालिकालाई त्यसो गर्नुको कानुनी आधार मागेको छ।

सेक्टर वन कार्यालय सुनसरीले उपमहानगरपालिकालाई कुन नियम, कानुनको आधारमा सरकारी वन क्षेत्रमा खनजोत तथा रुख विरुवा हटाउने कार्य गरेको वा गर्न लगाएको भन्दै स्पष्ट खुल्ने गरी विवरण पठाउन पत्राचार गरेको छ। कार्यालयले बिहिबार पठाएको पत्रमा सुर्योदय बुद्ध विहारको संयोजकको विवरण उपलब्ध गराउन पनि उपमहानगरलाई आग्रह गरेको छ । धरान २० स्थित छोटीमोरङमा पर्ने वन क्षेत्रमा थाउजेन्ड बिग बुद्ध निर्माण गर्ने भन्दै कानुन मिचेर उपमहानगरपालिकाको पहलमा सिलान्यास गरिएछि वन कार्यालय रुष्ट छ। कानुनी प्रक्रिया पुरा गरेर मात्रै निर्माण कार्य थाल्न दिएको सुझावलाई सरकारी निकायले नै लत्याएपछि वनले कानुनी कारबाहीको लागि अनुसन्धान प्रक्रिया थालेको हो । ‘वन क्षेत्रमा के आधारमा खनजोत गरेको हो, कुन नियम कानुनमा टेकेर उपमहानगरपालिकाले गरेको हो, कारण खुलाई पठाउन भनेर पत्राचार गरेका हौं’–सेक्टर वन कार्यालयका सहायक वन अधिकृत ज्ञानकुमार लामाले भने।

                कानुनी प्रक्रिया मिचेर बिग बुद्धको सिलान्यास भएपछि जिल्ला वन कार्यालयले वन क्षेत्रमा भएको क्षतिको विवरण उठाउन पनि सेक्टर वनलाई निर्देशन दिएको थियो। अधिकृत लामाका अनुसार वन क्षेत्रको डाँडामा एक कट्ठा जति डोजर लगाएर सम्याएको पाइएको छ भने बोटविरुवा पनि मासिएको छ। तर, ती बोटविरुवा मासिएको प्रमाण भने फेला पर्न नसकेको उनले बताए । ‘त्यहाँ ठूला रुखहरु थिएनन्, तर बुट्यान, विरुवाहरु थियो । डाँडा सम्याउँदा ति पनि मासिएको छ तर ति विरुवाहरुको नामनिसान भेटिएन’–लामाले भने।

रुखविरुवा मासेको प्रमाण नभेटिए पनि वन क्षेत्रमा डोजर लगाएर खनजोत गरेको भेटिएकोले कानुनी कारबाहीको दायरामा पर्ने वनको भनाई छ । वन ऐन २०४९ तथा नियमावली २०५१ को दफा ४९ ले राष्ट्रिय वन क्षेत्रको जग्गा फाँड्न, जोत्न, खन्न वा आवाद गर्न वा त्यस्तो जग्गामा घर छाप्रो बनाउन प्रतिबन्ध लगाएको छ । त्यस्तो कसुर गर्नेलाई दफा ५० मा दण्ड सजायको व्यवस्था छ । उक्त दफा अनुसार ‘त्यस्तो जग्गा राष्ट्रिय वनमा समावेश गरी दश हजार रुपैयासम्म जरिवाना वा एक बर्षसम्म कैद वा दुवै सजाय हुने’ व्यवस्था छ । साथै, ‘सो जग्गामा बनाएको घर वा छाप्रोसमेत जफत हुने र त्यस्तो कसुर गर्दा वन पैदावर हटाएको वा नोक्सानी गरेको भए निजलाई सो वापत हुने सजायसमेत हुनेछ’ भनिएको छ । ‘अहिलेलाई अनुसन्धानको प्रक्रियामा छौं, के कति आधारमा त्यस्तो गरेको हो, सुर्योदय बुद्ध विहार को हो भनेर बुझ्दैछौं । जसले खनजोत गरेको हो कारबाही हुन्छ’–अधिकृत लामाले भने–‘मन्त्रीपरिषदबाट निर्णय गराएर प्रक्रिया पु¥याएर नआएसम्म अब थप कुनै काम हुन हुँदैन।’

धरानको खानेपानीको प्रमुख स्रोत सर्दु जलाधार क्षेत्रसँगैको राष्ट्रिय वन क्षेत्रमा थाउजेन्ड बिग बुद्ध बनाउन भन्दै उपमहानगरपालिकाको पहलमा सिलान्यास भएपछि वन कार्यालय असन्तुष्ट छ । मन्त्रिपरिषदबाट निर्णय भएर स्वामित्व हस्तान्तरण पछि मात्र वनको जग्गामा भौतिक संरचना बनाउन मिल्ने कानुनी प्रावधान मिचेर राजनैतिक दल र उपमहानगरपालिकाले गत असार १० गते सुर्योदय बुद्ध विहारलाई १० बिगाह जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त निर्णयमा साविक बाँझगारा ९ ग को कित्ता नं ९२, ७० र ८९ मध्येबाट करिब १० बिगाह जग्गा उपलब्ध गराउने भन्ने उल्लेख छ। कार्तिक २३ गते सिलान्यास भएको जग्गा कित्ता नं ९२ मा पर्छ । मालपोत स्रोस्तामा उक्त जग्गा जंगल उल्लेख छ । सो कित्तामा ३१ बिगाहा १५ कट्टा ७ धुर जंगल क्षेत्र छ । यो निर्णय नेपाल सरकार तथा वन तथा भु संरक्षण मन्त्रालयले वनको जग्गा अन्य प्रयोजनको लागि उपलब्ध गराउने कार्यविधि २०६३ को ठाडै उल्लंघन हो भने वन ऐन २०४९ र वन नियमावली २०५१ विपरीत पनि हो ।

नेपाल सरकारले करिब चार दशकअघि बिग बुद्ध निर्माणस्थल आसपासका बासिन्दालाई मोरङको विभिन्न स्थानमा सट्टाभर्ना दिएपनि मालपोतमा लागतकट्टा नगर्दा सरकारीकरण हुनुपर्ने सयौं विगाह जग्गा व्यक्तिकै नाममा थियो । पछि तिनै जग्गाधनी, तिनका आफन्त र भु–माफियाहरुले त्यसैको फाइदा उठाउँदै किनबेच शुरु गरेका थिए । अहिले त्यही जलाधार क्षेत्रको व्यक्तिको जग्गाको भाउ बढाउन र बिक्री गराउन भुमाफियाहरुले बिग बुद्ध प्रोजेक्ट ल्याए पनि वातावरणीय प्रभाव मुल्यांकन, ठुलो संरचना बनाउनुअघि वनको जग्गा स्वामित्व हस्तान्तरण, माटो परीक्षण, डिटेल सर्वे, गुरुयोजनालगायत केही प्रक्रिया पुरा गरेको छैन । थाउजेन्ड बुद्ध र बिग बुद्ध बन्न कति लागत लाग्ने र त्यसको भरपर्दो आर्थिक स्रोतबारेमा पनि स्पष्ट खाकासमेत छैन । विदेशबाट दान उठाएर निर्माण गर्ने भनिएको उक्त बिग बुद्ध १ सय ७५ फिट अग्लो बुद्ध हुनेछ भने थप ९ हजार ९ सय ९९ साना बुद्धको प्रतिमा स्थापना गरिने बताइएको छ।

 






यसमा तपाईको मत

अन्य समाचार

सामसङको ए२०एस नेपाली बजारमा

सामसङको ए२०एस नेपाली बजारमा

इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्रान्ड सामसङले नयाँ विशेषता भएको  ग्यालेक्सी ए२०एस बजारमा प्रस्तुत गरेको छ । ...

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जी इलेक्ट्रोनिक्सले अभिनव फ्रन्ड लोडर वासिङ मेसिनको उपलब्धता विस्तार गर्दै आएको छ । ...

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला, नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ ब्राण्डले आफ्नो यो वर्षको ठुलो प्रवर्दन क्याम्पेन “कोका–कोला क्यापमा कार” को विजेता हेटौंडाका अम्बर...

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

राउन्ड टेबल नेपालले कदम्बरी एकेडेमी, वीरगन्जका बच्चाको लागि बृहत् लैंगिक समानतासम्बन्धी कार्यशाला आयोजना गरेको छ । ...

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको छ। ...

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठौँ  वार्षिक साधारण सभा मिति २५कार्तिक २०७६(११ नोभेम्बर २०१९)मा होटेल क्राउन इम्पेरियल, काठमाडौँमा सम्पन्न गरेको...

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् । ...

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

Ncell Footer Ad