coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष अयोग्य’

काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा सरकारले अयोग्यलाई नियुक्ति गरेको बताएका छन्। सरकारले श्रीकृष्ण गिरीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेपछि आइतबार पत्रकार सम्मेलन गर्दै अयोग्य व्यक्तिलाई आयोगको उपाध्यक्षमा नियुक्त विषय सार्वजनिक भएको भन्दै चित्त बुझ्दो जवाफ दिन सरकारसमक्ष माग राखेका छन्।

‘अहिले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति अन्तिम छनोटमा योग्यता नपुगेका, राजनीतिक दल र गुटका कार्यकर्ता र छनोटमा पर्याप्त पारदर्शिता नअपनाइएको भन्ने जन आरोपको माझमा उपाध्यक्ष नियुक्ति गरिएको समाचार आएको छ,’ डा. केसीले भने, ‘यस विषयमा अध्यक्षको हैसियतले प्रधानमन्त्री ,सरकार, छनोट समिति र सम्बन्धित निकायले जनतालाई चित्तबुझदो उत्तर नदिएमा तथा उपयुक्त कदम नचालिएमा उपाध्यक्षमा छानिएका व्यक्तिको नेतृत्वमा वैधानिक तथा नैतिक प्रश्न आउने छ।’

डा. केसीले विभिन्न माग राख्दै आफ्ना माग सुनुवाइ नभए पुनः अनसन बस्ने चेतावनी दिएका छन्। समितिले चिकित्सा शिक्षा आयोगका उपाध्यक्षका नियुक्ति भएका डा. गिरी सन् २००२ देखि मेडिकल काउन्सिलमा विशेषज्ञ चिकित्सकको रुपमा दर्ता भएका हुन्। सामान्यतया नेपालमा विशेषज्ञता हासिल गर्नका लागि तीन वर्षे स्नातकोत्तर कोर्ष गर्नुपर्ने हुन्छ। उनले गरेको एमएस कोर्षलाई स्नातकोत्तरको मान्यता दिने कि नदिने भन्ने विवाद उत्पन्न भएको छ।

चिकित्सा शिक्षाको क्षेत्रमा कम्तीमा दश वर्षको अनुभवसहित स्वास्थ्य सेवाका क्षेत्रमा कम्तीमा वीस वर्षको अनुभव भएको व्यक्तिलाई उपाध्यक्ष लागि सिफारिस गर्न सक्ने प्रावधान भए पनि उनीसँग चिकित्सा शिक्षाको क्षेत्रमा दश वर्षको अनुभव नभएको भन्दै उनको योग्यता माथि प्रश्न उठेको छ तर डा. गिरीले २०६३ सालदेखि नै प्रध्यापन सुरु गरेको जिकिर गर्दै आएका छन्। गिरी यसअघि राष्ट्रिय ट्रमा सेन्टरको हार्डजोर्नी विभागको प्रमुखका रुपमा कार्यरत थिए।

प्रकाशित: ३० भाद्र २०७६ ०२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App