coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नागरिककर्मी राईलाई बाल साहित्य सम्मान

सम्मानित भएपछि तस्बिर खिचाउँदै लेखक तथा पत्रकार श्रीराम राई। तस्बिर ः नागरिक

काठमाडौं – नागरिककर्मी श्रीराम राईले इडन ब्रिज एकेडेमी बाल साहित्य/पत्रकारिता सम्मान पाएका छन्। बाल साहित्य लेखन र बाल पत्रकारिताको माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा पु-याएको योगदानको कदरस्वरुप काठमाडौं टोखा नगरपालिका–४ धापासीस्थित इडन ब्रिज एकेडेमीले राईलाई इडन ब्रिज एकेडेमी बाल साहित्य/पत्रकारिता सम्मान प्रदान गरेको हो।

राईलाई आइतबार टोखा नगरपालिका–४ धापासीका वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले सम्मानपत्रसहित तीन हजार नगद प्रदान गरे। खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीका राईको बालकथा संग्रह ‘टोली नेता’ २०७५, ‘आजका लघुकथा संयुक्त लेखन’ २०७४ लगायतका कृति प्रकाशित छन्। विशेषगरी बालकथामा दख्खल राख्ने राई लघुकथा, हाइकु, मुक्तक, गजल र कवितामा पनि उत्तिकै शसक्त छन्।

यस्तै, इडन ब्रिज एकेडेमीले काभ्रेपलाञ्चेक पनौतीकी कवि तथा कथाकार तारा केसीलाई इडन ब्रिज एकेडमी बाल साहित्य सम्मान प्रदान गरेको छ। नेपाली साहित्यमा ओझेलमा परेको बाल साहित्यको उत्थान र विकासमा पु¥याएको योगदानको कदर गर्दै एकेडेमीले कवि तथा कथाकार केसीलाई दोसल्ला ओढाएर सम्मानपत्रका साथमा नगद तीन हजारसहित सम्मान गरेको हो।

‘तारापुञ्ज’ कविता संग्रह २०६७, ‘फूलबारी’ बाल कविता संग्रह २०७०, फिन्को र स्टोरी बाल कथा संग्रह २०७४ लगायतका आधा दर्जन बढि साहित्यिक कृति पाठकमाझ ल्याएर बालसुलभ साहित्यको क्षेत्रमा पु-याएको योगदानको कदर स्वरुप केसीलाई सम्मान गरिएको एकेडेमीले जनाएको छ। केसी लिलाध्वज साहित्य प्रतिष्ठानद्वारा आयोजित कविता प्रतियोगिता २०७३ मा उत्कृष्ट कविता पुरस्कार, बसन्त काव्य पुरस्कार २०७५ लगायतबाट पुरस्कृत तथा सम्मानित भइसकेकी छन्।

प्रकाशित: ३० भाद्र २०७६ ०२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App