८ वैशाख २०८१ शनिबार
समाज

‘डिजाइन फेल’ हुँदा काम सुरु भएन्

सुर्खेत - प्रदेश राजधानी वीरेन्द्रनगरको धुलियाबिट–बांगेसिमल फोर लेन सडकभित्र पाँचवटा पक्की पुल निर्माणका लागि अघिल्लो आर्थिक वर्षको अन्त्यतिर सम्झौता भयो। सपना/आशिष/श्याम एन्ड शंकर जेभीले पाँचवटै पुल निर्माण गर्न २०७५ असार ११ गते सडक विभागसँग सम्झौता ग-यो। सम्झौता अनुसार निर्माण कम्पनीले पाँचमध्ये तीन वटा पुलको काम शून्यबाट सुरु गर्नुपर्ने थियो भने दुईवटा पुल विस्तारसहित काम गर्नुपर्ने थियो।

फोर लेन सडकभित्र पर्ने इत्राम र खोर्केखोलामा अहिलेसम्म पुल निर्माणको काम सुरु हुन सकेको छैन्। बाँकी तीनवटा खोलामा पुल निर्माण कार्य ५० प्रतिशत बढी भइसकेको छ। इत्राम र खोर्केखोलामा फोर लेन सडक निर्माणअघि नै बनेका पुलको दायाँबायाँ छ–छ मिटर विस्तार गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

‘सुरु ठेक्का लिँदाको डिजाइन फेल भयो, रि–डिजाइनका लागि सडक डिभिजन कार्यालयसँग पटक–पटक अनुरोध गरेका छौं,’ निर्माण कम्पनीका प्रतिनिधि पदमबहादुर खड्काले भने, ‘सडक विभागले रि–डिजाइन नदिँदा दुईवटा पुलको निर्माण कार्य सुरु भएको छैन्।’

खड्काले बाँकी तीनवटा पुलको काम लक्ष्यभन्दा बढी सम्पन्न भएको बताए। ‘ढोंडेखाली, गाग्रेताल र पिपिरा खोलामा निर्माण भइरहेका पुलको काम ५० प्रतिशतबढी भएको छ,’ उनले भने, ‘खोर्के र इत्रामखोलामा कामै सुरु भएको छैन्।’

निर्माण कम्पनीले २०७५ पुस महिनामै डिजाइन नमिलेको भन्दै सडक डिभिजन कार्यालय सुर्खेतलाई पत्र पठाएको थियो। ‘त्यसयता पनि पटक–पटक कार्यालयलाई जानकारी गरायौं,’ खड्काले भने, ‘अहिलेसम्म कुनै जानकारी आएको छैन्।’ निर्माण कम्पनीले दुवै खोलामा पायलिङका लागि मेसिन र कामदार तयारी अवस्थामा राखेको छ। ‘समयमै विभागले रि–डिजाइन गरेर कार्यादेश दिएको भए काम सुरु भइसक्थ्यो,’ उनले भने, ‘हामीले आवश्यक उपकरण, निर्माण सामग्री र जनशक्ति तयारी अवस्थामा राख्दा पनि काम सुरु गर्न सकेका छैनौं।’

सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख गुरुप्रसाद अधिकारीले सडक विभागलाई रि–डिजाइन गरिदिन भनिएको बताए। ‘अहिलेसम्म डिजाइन आएको छैन्, यसले पुल निर्माण कार्य सुरु हुन सकेको छैन्’ उनले भने, ‘रि–डिजाइन गरेर पठाइदिन विभागमा ताकेता गरिरहेका छौं।’ उनले अन्य तीनवटा पुलको काम तीव्र गतिमा भइरहेको बताए। ‘केही दिनमै बाँकी रहेका दुईवटै पुलको पनि रि–डिजाइन आउँछ,’ उनले भने, ‘तोकिएकै समयमा पुल निर्माण सम्पन्न हुनेमा हामी आशावादी छौं।’

निर्माण कम्पनीले २०७७ असार मसान्तसम्म पुल निर्माण सम्पन्न गर्ने सम्झौता छ। निर्माण कम्पनीले ढाेंडेखाली खोलाको पुल दसैंलगत्तै, पिपिरा खोलाको पुल मंसिरभित्रै र गाग्रेताल खोलाको पुल माघभित्रै निर्माण सम्पन्न हुने बताएको छ। ‘तत्कालै बाँकी दुईवटा पुलको डिजाइन आइदिए तोकिएकै समयमा हामीले काम सम्पन्न गथ्र्यौ,’ खड्काले भने, ‘विभागकै कारण हामीलाई समस्या भइरहेको छ। ३७ करोड ५१ लाख ३४ हजार रुपैयाँमा निर्माण कम्पनीले पाँचवटा पुलको ठेक्का पाएको हो।

प्रकाशित: ३० भाद्र २०७६ ०२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App