coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मिनीट्रक दुर्घटनामा दुईको मृत्यु

रुकुम-काँक्रीबाट रुकुमकोटतर्फ आउँदै गरेको मिनीट्रक रुकुमकोट– ९ को रातापहर नजिकै आज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बिहान ५ बजे बा १ ख ९६९१ नं को मिनीट्रक दुर्घटना हुँदा मारोवाङ– ३ की अन्दाजी १६ वर्षीया सपना सुनार र गाडी चालक सल्यान शिवरतका लालवीर विकको मृत्यु भएको हो । दुर्घटनामा परी अन्य तीन जना घाइते भएकामा दुई जनाको अवस्था गम्भीर छ ।

घाइतेको स्वास्थ्यचौकी रुकुमकोटमा उपचार भइरहेको स्थानीयवासी मदन शाहले जानकारी दिए । गाडी सडकबाट एक हजार मि तल रुकुमगाड खोलामा पुगेको थियो । घटना बिहानैको भएकाले जानकारी नहुँदा अबेरसम्म घाइतेको उद्धार हुन नसकेको स्थानीयवासीले बताएका छन् ।

घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय रुकुमकोटका प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । गाडी दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: ५ मंसिर २०७३ ०८:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App