coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सुशील र प्रदीप अन्तिम चारमा

काठमाडौं – आर्मीका सुशील थापा र एपिएफका प्रदीप महर्जन १३औं दक्षिण एसियाली खेलकुद (साग) छनोटको सेमिफाइनलमा पुगेका छन्। लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा आइतबार पुरुष ४९ केजीमा आर्मीका सुशील र एपिएफका प्रदीप सेमिफाइनलमा पुगेका हुन्। सुशीलले सुदूरपश्चिम प्रदेशका मोहन गुरुङलाई र प्रदीपले पुलिसका दीपेश राईलाई समान अंकका आधारमा ५–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका छन्।

पुरुषकै ५२ केजी तौलसमूहमा आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै पुलिसका चन्द्रबहादुर थापा सेमिफाइनलमा प्रवेश गरेका छन्। चन्द्रले सेमिफाइनलको यात्रा तय गर्न एपिएफका विक्रम परियारलाई स्प्रिड डिसिजनका आधारमा ३–२ ले हराए। पुरुष ५६ केजीमा आर्मीका पुरन सुनुवारले प्रदेश–५ का नवीन घर्तीमगरलाई अंकका आधारमा ५–० ले हराए।

त्यस्तै पुरुष ६० केजीमा आर्मीका विमल रोक्का, पुरुष ६९ केजीमा एपिएफका विकास लामा, प्रदेश–३ का मनीष डंगोल, पुरुष ७५ केजीमा प्रदेश–३ का भूमिलाल दिवस, ८१ केजीमा कर्णाली प्रदेशका मनोहर बस्नेतले सेमिफाइनलमा स्थान बनाएका छन्। महिलातर्पm रोशनी राई र निशा तामाङले १३औं दक्षिण एसियाली खेलकुद (साग) छनोटको सेमिफाइनलमा स्थान बनाएका छन्।

आइतबार भएको महिला ५१ केजी तौलसमूहमा प्रदेश–३ की  रोशनीले सुदूरपश्चिम प्रदेशकी प्रकृति ऐरलाई अंकका आधारमा ५–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेकी छन्। महिला ५४ केजीमा पुलिसकी निशा एपिएफकी सञ्जुमाया थिङलाई हराउँदै अन्तिम चारमा पुगेकी छन्।

प्रकाशित: ३० भाद्र २०७६ ०२:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App