४ वैशाख २०८१ मंगलबार
खेल

सिटी नर्विचसँग स्तब्ध

लन्डन – नर्विच सिटीले शनिबार इङ्लिस प्रिमियर लिगको साबिकको विजेता म्यानचेस्टर सिटीलाई स्तब्ध पारेको छ। जनवरीपछि प्रिमियर लिगमा पहिलो हार बेहोर्ने क्रममा सिटी शनिबार क्यारो रोडमा यसै सिजन मात्र प्रिमियर लिगमा बढुवा भएको नर्विचलाई ३–२ को नतिजा सुम्पिएको हो। नर्विचको जितमा केन्नी म्याकलेन, टोड कान्टवेल र टेमु पुकीले समान एक गोल गरे।

चोटका कारण रक्षक एमरिक लापोर्तेबिना मैदान उत्रिएको सिटीका स्ट्राइकर सर्जियो अग्विरो र रोड्रीले गोल गरे पनि टोलीको हार भने टार्न सकेनन्। यस हारपछि पेपे ग्वार्डिओलाको टोली शीर्ष स्थानको लिभरपुलभन्दा ५ अंकले पछि परेको छ।

५ खेलको समाप्तिमा शतप्रतिशत नतिजालाई निरन्तरता दिएको लिभरपुल १५ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेल खेल्दै दोस्रो स्थानमा बसेको सिटीको १० अंक छ। समान ५ खेलमा ८ अंकका साथ टोनेनह्याम, म्यानचेस्टर युनाइटेड र लेस्टर सिटी क्रमशः तेस्रो, चौथो र पाँचांै स्थानमा छन्।

‘हामी अत्यन्तै हर्षित छांै। किनभने यो क्लब, खेलाडी र समर्थक सबैका लागि यादगार दिन हो,’ नर्विचका प्रशिक्षक ड्यानियल फ्रारकीले भने, ‘टोलीले जुन मनोबलका साथ प्रदर्शन गर्दै सिटीलाई स्तब्ध पा¥यो, म त्यसको वर्णन गर्न सक्दिनँ।’ यता पूर्वकप्तान भिन्सेन्ट कोम्पनी अन्यत्र गएपछि सेन्टर ब्याकमा लापोर्टेको भर परेको सिटीलाई उनको घुँडाको चोट महँगो बन्यो। लापोर्ते कम्तीमा जनवरीसम्म मैदानबाहिरै बस्ने बताइएको छ।

‘हामीले आजको खेलबाट पाठ सिक्दै अघि बढ्नुपर्छ,’ ग्वार्डिओलाले भने, ‘हामी यस हारबाट अहिले हतास हुनुपर्ने भने छैन। सधंै स्वाभाविक लयको प्रदर्शन गर्न कठिन छ,’ ग्वार्डिओलाले भने, ‘खेल कसले राम्रो खेल्यो भने कुन टोलीले कति गोल ग¥यो भन्नेले विशेष अर्थ राख्छ। आज नर्बिच गोलमा हामीभन्दा माथि रह्यो।’ १८औं मिनेटमा म्याकलेनको गोलमा खेलमा अघि बढेको नर्विचको अग्रता त्यसको १० मिनेटपछि नै कान्टवेले दोब्बर पारेका थिए। मध्यान्तर हुन पाँच मिनेट बाँकी हुँदा अग्विरोले बललाई जाली चुमाउँदै सिटीलाई खेलमा फर्काउने संकेत गरेका थिए। ६०औं मिनेटमा पुकीले नर्विचका लागि तेस्रो गोल गरे। खेल सकिन २ मिनेट बाँकी हुँदा रोड्रीले सिटीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भने भएन।

शनिबारै भएको अर्को खेलमा चेल्सीले उल्भरह्याम्पटनमाथि ५–२ को जित हात पा¥यो। चेल्सीका लागि ट्यामी अब्राहमले ह्याट्रिक पूरा गर्दा फिकायो टामोरी र मेसन माउन्टको नाममा समान एक गोल रह्यो। यता टोटेनह्यामले क्रिस्टल प्यालेसमाथि ४–० को जित हात पार्दा युनाइटेडले लेस्टर सिटीलाई १–० ले निराश पा¥यो। ट्यामी अब्राहमको ह्याट्रिकमा चेल्सीले उल्भरह्याम्पटनमाथि ५–२ को जित हात पा¥यो।

प्रकाशित: ३० भाद्र २०७६ ०२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App