८ वैशाख २०८१ शनिबार
खेल

अन्तरहोटल फुटसल बिहीबार

काठमाडौं – सोल्टी क्राउन प्लाजा काठमाडौंको आयोजनामा एकदिने अन्तरहोटल फुटसल प्रतियोगिता हुने भएको छ। सोल्टी सेलिब्रेसन कपको नाम दिइएको प्रतियोगितामा आयोजकको दुई टोलीसहित १० होटलले सहभागिता जनाउँदै छन्।

अघिल्ला वर्षमा झैँ सोल्टी क्राउन प्लाजाले यस वर्ष पनि अन्तरहोटल फुटसल प्रतियोगिता आयोजना गर्न लागेको हो। पकनाजोलस्थित कुमारी फुटसलमा आयोजना हुने एकदिने प्रतियोगितामा द्वारिका होटल, साङ्ग्रिला होटल, याक एन्ड यती होटल, काठमाडौं म्यारिओट होटल,  अक्मा होटल, होटल ¥याडिसन, अन्नपूर्ण होटल, पार्क भिलेज र सोल्टी क्राउन प्लाजा काठमाडौंका दुई टोलीले सहभागिता जनाउँदै छन्।

लिग कम नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिता आउँदो बिहीबार हुनेछ। सहभागी १० टोलीलाई ४ समूहमा विभाजन गरिएको आयोजकले जानकारी दियो। प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। समूह ‘ए’ र ‘बी’ मा तीन टोली अटाउँदा समूह ‘सी’ र ‘डी’ मा दुई÷दुई टोली रहेका छन्।

आत्मीयता र भाइचाराका माध्यमले सम्बन्ध सुधार गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा पहिलो हुने टोलीले नगद दुई लाख पुरस्कार प्राप्त गर्नेछ। यस्तै उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ  पाउने आयोजकले आइतबार गरेको पत्रकार सम्मेलनमा जानकारी दियो। यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद एक लाख रुपैयाँ पाउनेछ। सहभागी सबै टोलीलाई प्रमाणपत्र प्रदान गरिनेछ।

प्रकाशित: ३० भाद्र २०७६ ०२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App