coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

जिम्बाब्वेमाथि अफगानिस्तानको जित

ढाका – नाजिबुल्लाह जाद्रानको अर्धशतकप्रेरित अफगानिस्तानले शनिबार ट्वान्टी–२० क्रिकोणात्मक शृंखलामा जिम्बाब्वेमाथि २८ रनको जित हात पारेको छ। क्रिकोणत्मक शृंखलाको पहिलो खेलमा जिम्बाब्वेको यो लगातार दोस्रो हार हो। यसअघि शुक्रबार भएको खेलमा जिम्बाब्वेले आयोजक बंगलादेशलाई नतिजा सुम्पिएको थियो। अफगानिस्तानले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६९ रन मात्र जोड्न सक्यो।

जिम्बाब्वेका रेगिस चकाब्भाले अविजित ४२ रनको योगदान गर्दा ओपनर तथा विकेटकिपर ब्याट्सम्यान ब्रान्डम टेलरले २७ रन जोडे। २२ बल खेलेका रेगिसले आक्रामक ब्याटिङ गर्दै ३ चौका र २ छक्का प्रहार गरे पनि टोलीको हार टार्न सकेनन्। अफगानिस्तानका कप्तान रासिद खान र फारिद मलिकले क्रमशः २९ र ३५ रन खर्चंदै समान २ विकेट लिए। त्यस्तै करिम जन्नत र गुल्बाडिन नाइबले समान १ विकेट लिए। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९७ रनको सम्मानजनक योगफल खडा गरेको थियो।

अफगानिस्तानका जाद्रानले अविजित ६९ रन जोडे। ३० बल खेलेका जाद्रानले ५ चौका र ६ छक्का प्रहार गरे। पहिलो विकेटका लागि रहामनउल्लाह गुर्वाज र हाजारतुल्लाह जजाईले ५७ रनको साझेदारी गर्दै अफगानिस्तानलाई गतिलो सुरुआत दिलाएका थिए। जाद्रान र मोहम्मद नाबीले पाँचांै विकेटका लागि ४० बलमा १ सय ७ रनको साझेदारी गर्दै अफगानिस्तानको इनिङ उकासेका थिए। यस क्रममा उनीहरूले १७औं ओभरको अन्तिम ४ र १८औं ओभरको सुरुआती तीन बलमा लगातार ७ छक्का प्रहार गरेका थिए। नाबीले १८ बलमा ४ छक्काको मद्दतमा ३८ रन जोडे।

अफगानिस्तानले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६९ रन मात्र जोड्न सक्यो।

 

 

प्रकाशित: ३० भाद्र २०७६ ०२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App