८ वैशाख २०८१ शनिबार
खेल

बायर्न भिएआरले अंक बाँड्न बाध्य

बर्लिन – इमिल फोर्सबर्गले पेनाल्टी गोलको मद्दतमा शनिबार बायर्न म्युनिखलाई १–१ गोलको बराबरीमा रोक्दा आरबी लिपजिगले शीर्ष स्थानलाई कायम राखेको छ।

भिडियो सहायक रेफ्री (भिएआर) सहयोगी बन्दा लिपजिगले शनिबार भ्रमणकारी टोलीविरुद्ध अंक खोस्न सफल भएको हो। सुरुआती अग्रता बनाएको बायर्न पहिलो हाफको इन्जुरी समयमा घरेलु टोली लिपजिगलाई रोक्न नसक्दा अंक बाँड्न बाध्य बनेको हो। यसअघि तेस्रो मिनेटमा नै रोबर्टो लेवान्डोवस्कीले गोल गर्दा भ्रमणकारी टोली बायर्नले सुरुआती अग्रता बनाउन सफल भएको थियो।

शनिबार बराबरी खेलेको लिपजिगले ४ खेलबाट १० अंक जोड्दा शीर्षता कायम राख्न सफल भएको हो।  बायर्नको भने ४ खेलबाट ८ अंक मात्र छ। तेस्रो स्थानमा रहेको बायर्न बोरुसिया डर्टमन्डभन्दा एक स्थान मुनि छ। समान ४ खेलबाट ९ अंक जोडेको डर्टमन्ड दोस्रो स्थानमा अटाउन सफल भएको हो। शनिबारै सम्पन्न खेलमा डर्टमन्डले बायर लिभरकुसेनमाथि ४–० को फराकिलो जित निकाल्दा ९ अंक बनाउन सफल भएको हो।

खेलमा घरेलु टोलीका लागि टिमो वेर्नेरले सुन्दर मौका पाए पनि सदुपयोग गर्न नसक्दा जित निकाल्न असफल भएको हो। उनीहरूका केही सुन्दर प्रहारलाई बायर्नका गोलकिपरले उत्कृष्ट बचाउ गर्दा घरेलु टोली स्तब्ध हुन पुगेको थियो।

बराबरीमा रोकिएको बायर्नका लागि दोस्रो हाफमा निक्लास सुलेले मौका पाए पनि सदुपयोग गर्न सकेनन्। शनिबार लेभरकुसेनविरुद्ध फराकिलो जित निकालेको डर्टमन्डले मंगलबार च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाको सामना गर्दै छ। शनिबारको फराकिलो जितले डर्टमन्डको मनोबल उच्च बनेको छ। डर्टमन्डलाई फराकिलो जित दिलाउन पाको एलसासरले उत्कृष्ट  प्रदर्शन गरेका थिए।

उनले २८औं मिनेटमा डर्टमन्डका लागि सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलको अग्रता बनाएको बायर्नले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भएको थियो।

मार्कुस रियुसले दुई तथा राफायल गुइरेरोले एक गोल गर्दै डर्टमन्डलाई फराकिलो जित दिलाएका हुन्। ‘पाको उत्कृष्ट खेलाडी हुन्। उनी टोलीका लागि निकै महŒवपूर्ण खेलाडी हुन्,’ डर्टमन्डका स्ट्राइकर हुलियन ब्रान्ड्टले भने।

बुन्डेसलिगाअन्तर्गत शनिबारै सम्पन्न अन्य खेलमा औसबर्गले इन्ट्य्राक्ट फ्रान्कफर्टलाई र मेइन्जले हर्था बर्लिनलाई घरेलु मैदानमा समान २–१ ले स्तब्ध पारे। यस्तै फर्टुना डोसेलडर्फले उल्फसबर्गसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्दा बोरुसिया मोन्चेनग्लाडबाचले कोल्नको घरेलु मैदानमा १–० जित निकाल्दै अंक खोस्न सफल भयो।लेभरकुसेनविरुद्ध ४–० को जित निकालेको डर्टमन्डले मंगलबार च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाको सामना गर्दै छ। शनिबारको फराकिलो जितले डर्टमन्डको मनोबल उच्च बनेको छ।

प्रकाशित: ३० भाद्र २०७६ ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App