८ वैशाख २०८१ शनिबार
फोटो फिचर

विपुलमय बन्यो काठमाडौं

शनिबार दिउँसो भृकुटिमण्डप आसपास मानिसहरुको बाक्लो भिड लागेको थियो। यसै त सार्वजनिक विदाका दिन भिडभाड हुने यस क्षेत्रको माहोल दिन ढलेसँगै तात्दै थियो।

नेपाल म्युजिकल फेस्टिभल नामक संस्थाले आयोजना गरेको कर्न्सटमा विभिन्न ब्यान्डले आफ्नो प्रस्तुति दिइरहँदाँ केही झुमिरहेका युवायुवती झुम्ने क्रम जारी थियो। अन्य ब्यान्डको प्रस्तुतिमा केही रमाउँदै झुमेका युवायुवती दिन ढलेसँगै थकित मुद्रामा देखिन्थे।

तर कार्यक्रमको अन्तिममा कार्यक्रम सञ्चालिकाले गायक विपुल क्षेत्रीको नाम उद्घोष गरेसँगै जाडो र थकानले सुस्ताएका युवायुवतीमा एकाएक जोस आयो। त्यहाँको माहोल एकाएक विपुलमय बन्न पुगेको थियो जसले गर्दा स्वयंसेवक र सुरक्षाकर्मीलाई भिड नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो। गायक क्षेत्रीले आफ्नो 'काहाँ मा कट्यो , तिमी जाने सिलगुडी म जाने सिक्किमतिर, नयाँ गीत जुनकेरी, देउराली डाडाँको सितल हावा, डढेलो लाग्यो  लगायतका गीत प्रस्तुत गरेका थिए।

उक्त कार्न्सटमा माल्दिभ्सको इमान्स कन्सिपरेसी, नेपालका अशिष एण्ड नेक्वाम, किंङस् एमोङग म्यान, क्रमश नेपाल , दी काठमाडौं क्याट्स एण्ड दी डर्टी बुगीज ब्रास ब्यान्डले मेटल, फल्क, ब्लुज, रक, रक एण्ड रोलजस्ता विभिन्न धाको सांगीतिक प्रस्तुति पस्किएका थिए।

नेपालको आर्थिक र सांस्कृतिको दीगो र सम्वृद्ध विकासमा युवाको सहभागीता भन्ने नाराका साथ सन् २०१२ बाट  प्रत्येक वर्ष नेपाल म्युजिक फेस्टिभल हुँदै आएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App