इजरायली दूतावासद्वारा ‘निरन्तर मेडिकल शिक्षा’ प्रदान

आइतबार, २९ भदौ २०७६, १८ : ५२ नागरिक

काभ्रेपलाञ्चोक- पश्चिम एशियाली मुलुक इजरायलको ७१औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित दूतावासले आज धुलिखेल अस्पतालमा प्रशिक्षण कार्यक्रम अयोजना गरी ‘निरन्तर मेडिकल शिक्षा’ (सीएमई) प्रदान गरेको छ।    

एकदिने प्रशिक्षण कार्यक्रममा मातृ स्वास्थ्य एवं प्रसूति तथा शिशु स्वास्थ्यबारे जानकारी दिइएको इजरायलस्थित तेल अभिभ स्वार्रस्के मेडिकल सेन्टरका प्रा. डा. आर्यल मनीले बताए। उनले भने, “मातृस्वास्थ्यमा पनि प्रसूति सेवा गम्भीर हुन्छ, यसमा कार्यरत चिकित्सक एवं स्वाथ्यकर्मीले विशेष ध्यान दिनु जरुरी पर्दछ।”

प्रसूति सेवा अन्तर्गत शल्यक्रिया गरी शिशु जन्माउने प्रक्रिया ‘गम्भीर मातृ–शिशु स्वास्थ्य’ भएको उनले बताए। दूतावासले इजरायली पाँच जनाको स्त्री रोग विशेषज्ञ तथा बाल रोग विशेषज्ञको टोली ल्याई प्रशिक्षण दिएको हो। ‘ब्रिङ्गिङ लाइफ इन वल्र्ड’को नारा बोकेर तेल अभिभस्थित मेडिकल सेन्टरले निरन्तर मेडिकल शिक्षा दिँदै आएको प्रा. डा. मनिले बताए।     

“सीएमई कार्यक्रम अन्तर्गत मातृ–शिशुको स्वास्थ्य व्यवस्थापन प्रमुख विषय हो, हामीले यसलाई स्वास्थ्यकर्मीका बीच निरन्तरता दिँदै आएको छौँ”, उनले भने। प्रशिक्षणमा वीर अस्पतालस्थित (नेम्स्), नेपाल मेडिकल कलेज, केएमसी, नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, किष्ट मेडिकल कलेज र लुम्बिनी मेडिकल कलेजका स्त्री रोग विषयमा स्नातकोत्तर तहमा अध्ययनरत ४० विद्यार्थी सहभागी भएका धुलिखेल अस्पताल मातृ स्वास्थ्य विभागका प्रमुख डा. अञ्जना डङ्गोलले जानकारी दिइन्।     

इजरायली चिकित्सक टोलीले आजै धुलिखेल अस्पताल प्रसूति विभागको निरीक्षण तथा मातृ–शिशुको स्वास्थ्यको अवस्थाबारे जानकारीसमेत लिएको छ। प्रशिक्षण कार्यक्रममा चिकित्सकले प्रसूति सेवा तथा शल्यक्रियाद्वारा शिशु जन्माउने नौलो प्रयोग तथा इजरायलको प्रविधिबारे विस्तृत जानकारी गराइएको डा. डङ्गोलले बताए। उनले भने, “मास्टर्स इन मीडवाईफीका विद्यार्थीलाई इजरायली चिकित्सक टोलीको निरन्तर मेडिकल शिक्षाको ज्ञान महत्वपूर्ण भएको छ।”     

स्वतन्त्रता दिवसका अवसरमा गत वर्ष इजरायली दूतावासले धुलिखेल अस्पतालमा बृहत् आँखा शिविरको आयोजना गरी ३० भन्दा बढी आँखा रोगीको निःशुल्क शल्यक्रिया गरेको थियो। यस्तै, सन् २०१० मा पनि इजरायलको स्वतन्त्रता दिवसका अवसरमा इजरायली दूतावासले जिल्लाका विकट गाउँ मानेखर्कमा इजरायलको ‘आईफ्रमजायन’बाट नेत्र विशेषज्ञको टोली ल्याई बृहत् आँखा शिविर सञ्चालन गरी ५५ जना मोतियाविन्दुका रोगीको निःशुल्क शल्यक्रिया गरेको थियो।     

सन् १९६० मा दौत्य सम्बन्ध स्थापना भएदेखि नै इजरायली परराष्ट्र मन्त्रालयको अन्तरराष्ट्रिय सहयोग निकाय (मसाभ)ले आफ्नो स्थापना दिवसमा नेपाललाई विशेषगरी मानव स्रोतको दक्षता विकासमा सहयोग पुर्‍याउँदै आएको छ।

इजरायलको ७१औँ स्वतन्त्रता दिवससँगै मसाभ स्थापना भएको ६१ वर्ष पुगेको छ। नेपाल इजरायललाई समर्थन गर्ने दक्षिण एशियाकै पहिलो मुलुक हो।रासस
 







यसमा तपाईको मत

अन्य समाचार

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् । ...

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

१९७४ एडीको "निरन्तरता" (भिडियो)

१९७४ एडीको "निरन्तरता" (भिडियो)

सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। ...

यस्तो छ दराज ११.११ सेलको फाइदा

यस्तो छ दराज ११.११ सेलको फाइदा

नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११...

साओमीको सर्भिस सेन्टर थपिए

साओमीको सर्भिस सेन्टर थपिए

साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । ...

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ...

जनता बैंकको सहयोग

जनता बैंकको सहयोग

जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । ...

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय...

Ncell Footer Ad