६ वैशाख २०८१ बिहीबार
अर्थ

लेखा परीक्षण प्रतिवेदन दुई दिनभित्र बुझाउन आग्रह

काठमाडौँ- आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका विभिन्न पदका लागि हुने उपनिर्वाचन प्रयोजनका लागि नौ राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन्।

आयोगमा दर्ता नभएका, एकीकरण भई वा गाभिइ नयाँ नाम प्राप्त गरेका तथा विस २०७४ को निर्वाचनपछि आयोगमा दर्ता भएका राजनीतिक दललाई यही भदौ मसान्तसम्म दल दर्ता गरी उपनिर्वाचनको कार्यमा सहयोग गर्न आयोगले पुनः आग्रह गरेको छ।     

निर्वाचन मुलुकका ३७ जिल्लाका १ सय ५४ वडा, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका समेत गरी विभिन्न ५१ पदका लागि हुँदैछ।

उक्त निर्वाचनका लागि आगामी असोज १ देखि ५ गतेसम्म सम्बन्धित वडाका मतदातालाई आआफ्नो वडा कार्यालयमा मतदाता नामावलीमा रहेका त्रुटि सच्याएर नामावली अद्यावधिक (दाबी विरोध) गर्ने कार्यक्रममा सहभागी भई जिम्मेवारी पूरा गर्न आयोगले मतदातालाई आग्रह गरेको छ।     

यसैबीच आयोगले २०७४ को प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता भई वार्षिक लेखा परीक्षण प्रतिवेदन बुझाउन बाँकी रहेका राजनीति दललाई आव २०७४/०७५ सम्मको वार्षिक लेखा परीक्षण प्रतिवेदन यही भदौ मसान्तसम्ममा अनिवार्यरूपमा बुझाउन ध्यानाकर्षण गराएकोे छ।रासस

प्रकाशित: २९ भाद्र २०७६ १२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App