coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रचण्ड भन्छन्- शान्ति प्रक्रियाकाे बाँकि काम टुंग्याउन सोचेजस्तो सजिलो छैन्

फाइल फोटाे

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकि कामलाई टुंगोमा पु-याउन सोचेजस्तो सजिलो नभएको बताएका छन्। सहिद प्रतिष्ठान, नेपालद्धारा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।

प्रचण्डले द्धन्द्धकालीन मुद्दालाई टुंगोमा पु-याउन सत्य निरुपण तथा मेलमिलाप आयोग गठन प्रक्रियामा नै समस्या देखिएको उल्लेख गर्दै सो समस्या समाधानका लागि खवरदारी गरिरहन तत्कालीन माओवादी विद्रोहका नेता, कार्यकर्ता र सहिद परिवारहरुबीच बलियो एकताको आवश्यक्तामा जोड समेत दिए।

उनले शान्ति प्रक्रियाका बाँकि कामलाई टुंगोमा पु-याउन प्रधानमन्त्री केपी शर्मा ओलीले सो आयोगको संयोजक मैले भनेको व्यक्तिलाई बनाउने आश्वासन दिनु भएको पनि बताए। ‘तपाईँले जसलाई भन्नुहुन्छ, त्यसैलाई सो आयोगको संयोजक बनाउँछु’ भनेर प्रधानमन्त्री ओलीले भन्नु भए पनि त्यसलाई माओवादी आन्दोलनका सबै नेता, कार्यकर्ताले सडक र सदन दुवै ठाउँबाट खबरदारी नगरे सम्भव नहुने प्रचण्डको भनाई थियो। प्रचण्डले शान्ति प्रक्रियाका बाँकि कामलाई टुंगोमा पुग्न नदिन देशी/विदेशी प्रतिक्रियावादीहरु लागि परेको दावी पनि गरे।

प्रकाशित: २९ भाद्र २०७६ १२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App