coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आवाज नआउने सिलिङ पङ्खा नेपाली बजारमा

काठमाडौं— भारतकै चर्चित बहुराष्ट्रिय कम्पनी बिरला ग्रुप अन्तर्गत सिके बिरला ग्रुपले नेपालमा आफ्नो बजार थप बिस्तार गरेको छ।

बिभिन्न समूहमा गरी १.६ अर्ब अमेरिकी डलर लगानी गरेको बिरला ग्रुपको ओरियन्ट इलेक्ट्रिकले शनिबार आवाज नआउनेर प्रचुर हावा दिने क्षमता भएको एरोक्वाइट सिलिङ पङ्खा नेपालमा सार्वजनिक गरेको छ।

कम्पनीले एरियो शृंखलामा पहिलो पटक छुट्टै प्रकारको असाधारण क्षमता भएको प्रिमियम सिलिङ पङ्खा तयार पारेको हो। यसका लागि शक्तिशाली मोटर अनि एरो डायनामिक डिजाइन गरिएको छ।

काठमाडौंको भृकुटीमण्डपमा जारी इलेक्ट्रो-टेक २०१६ मा एक विशेष कार्यक्रमको आयोजना गरी पङ्खा नेपालमा पहिलो पटक अनावरण गरिएको हो।

फेन सेग्मेन्टको क्षेत्रमा पायोनियर भएकाले करोडौं मानिसको लागि यो नयाँ फेनमा टेक्नोलोजिकल मार्भललाई परिचय गरेको छ। नेपाली बजारमा यस्तो शक्तिशाली फेन ल्याउन पाउँदा हामी अत्यान्त उत्साहित भएका छौ।

अनावरण कार्यक्रममा पङ्खाको विषयमाथि  बोल्दै हेड इन्टरलेशनल सेल्स, ओरियन्ट इलेक्ट्रिकका दुर्गेश बक्सीले एरोक्वाइट सिलिङ फेनको नयाँ सिरिज नेपाली बजारमा ल्याउन पाएकोमा अत्यान्त उत्साहित भएको बताए। ‘फेन सेग्मेन्टको क्षेत्रमा पायोनियर भएकाले करोडौं मानिसको लागि यो नयाँ फेनमा टेक्नोलोजिकल मार्भललाई परिचय गरेको छ,’ उनले भने, ‘नेपाली बजारमा यस्तो शक्तिशाली फेन ल्याउन पाउँदा हामी अत्यान्त उत्साहित भएका छौ।’

एरोक्वाइटले ज्ञानी अनि शक्ति सम्पन्न ग्राहकहरूलाई लक्षित गरेको उनले बताए। ‘जसले आफूद्वारा गरिएको क्रयको औचित्य बुझ्छन्। उनीहरूको माग पूरा गर्दछ,’बक्सीले भने। विशेष गरी नेपालको तराई क्षेत्र र सहरी क्षेत्रका ग्राहकले यसलाई रूचाउने उनको दाबी थियो।

हेड ब्राण्ड एवम् कर्पोरेटिभ कम्युनिकेशन ओरियन्ट इलेक्ट्रिकका अंशुबन चक्रवर्तीलेफेनको सर्वप्रीय उत्पादक एवम् विशेषज्ञ भएको दाबी गर्दै भने, ‘नेपाल हाम्रो निम्ति महत्वपूर्ण बजार रहेको छ। जहाँ ५० प्रतिशतभन्दा धेरै शेयर एक्सपोर्ट गरिएको छ। इलेक्ट्रो टेक २०१६ को हामी एउटा अंग हुन पाएकोमा गर्भ गर्छौ।’

ओरियन्ट एरोक्वाइटसँग १२०० एमएम स्विप अनि सय प्रतिशत खियारहित ब्लेड उच्चस्तरको काँचद्वारा निर्मित छ। ब्लेडलाई दह्रो बनाउन यसमा एबिएसको मिश्रण गरिएको छ। स्मुथ अनि शान्त सञ्चालनको निम्ति १८ पोल ठूलो मोटरसहित डबल बल बेयरिङको प्रयोग गरिएको छ।

विभिन्न प्रकारका राम्रा राम्रा डिजाइनमा हाइ ग्रोस प्रिमियम पियु फिनिस भएका फेनहरू छन्। यसको स्पिण्डल कबर भएको टब अनि बटम फेनोपी डिजाइन रहेको छ। टपको रिम अनि यसको माथिल्लो भाग स्टेनलेस स्टिलले सजिएको छ। सबै ओरियन्ट उत्पादनहरू नेपालमा प्रिमियर ओभरसिज प्रा.लि. काठमाडौंद्वारा वितरण गरिदैछ।

यसको बजार मूल्य १२ सय देखि १५ हजाररूपैयाँसम्म पर्छ।

के हो ओरियन्ट इलेक्ट्रोनिक्स

ओरियन्ट इलेक्ट्रोनिक्स १.६ बिलियन अमेरिकी डलरको लगानीमा बनेको  सिके बिरला ग्रुप भारतको एउटा अंग हो।

ओरियन्ट भारतमा हाउसहोल्ड नाम बनेको छ। ओरियन्ट फेन इन्डस्ट्रिज भारतमा ६० वर्षदेखि सञ्चालनमा छ। भारतमा यसको मूल रूपमा उत्पादन सुविधा भए पनि यसको सञ्चालन लगभग विश्वका विभिन्न ३५ देशहरूमा हुन्छ। यो ब्राण्डले इनोभेटिभ साथै उच्चकोटीको उत्पादन प्रदान गर्दै करौडौं ग्राहकहरूमा विश्वसनीयता कायम गरेको छ। यसले फेन मात्र उपलब्ध नगराएर एप्लाइन्स, लाइटिङ अनि स्वीच गियर पनि उपलब्ध गराउँछ। ओरियन्ट इलेक्ट्रिक इलेक्ट्री सोलुसनको क्षेत्रमा वान स्टोभ सोलुसन प्रोभाइडरको रूपमा आफ्नो बजार बनाएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App