७ वैशाख २०८१ शुक्रबार
खेल

मड्रिड डर्बीः रोनाल्डोको ह्याट्रिकमा रियल मड्रिड विजयी

मड्रिड– क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ३९ औं ह्याट्रिक पूरा गर्दा रियल मड्रिडले मड्रिड डर्बीमा एथ्लेटिको मड्रिडलाई  पराजित गर्दै  स्पेनिस  ला लिगामा आफ्नो अग्रता बढाएको छ ।  खेलको २३ औं मिनेटमा रोनाल्डोले प्रहार गरेको फ्रि–किक एथ्लेटिको मड्रिडका गोलरक्षक जन ओब्लाकको खुट्टामा डिफ्टेक्ड हुदै गोलमा परिणत हुँदा रियलले पहिलो हाफमा १–० को अग्रता लिएको थियो ।

खेलको ७१ औं मिनेटमा रोनालडोले पेनाल्टिमा गोल गर्दै रियलको अग्रता दोब्बर पारेका थिए । त्यसको ६ मिनेटपछि नै रोनाल्डोले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्दा रियलले ३–० को सहज जित हात पारेको थियो ।

यस जितसँगै रियल मड्रिडले स्पेनिस ला लिगामा दोस्रो स्थानमा रहेको बार्सिलोनासँगको अंक दुरी ४ अंकले बढाएको छ । रियलले  १२ खेलबाट ३० अंक जोड्दाँ बार्सिलोना भने २६ अंकसहित लिगको  दोस्रो स्थानमा रहेको छ ।

हिजै सम्पन्न अर्को खेलमा बार्सिलोना मालागासँग गोलरहित बराबरिमा रोकिँदा सेभिल्लाले डिर्पोटिभो ला करुनालाई ३–२ ले पराजित गरेको छ । त्यस्तै एभरले सेल्टा भिगोलाई १–० ले पराजित गरेको छ ।

 

प्रकाशित: ५ मंसिर २०७३ ०५:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App