७ वैशाख २०८१ शुक्रबार
समाज

प्ररहरीमाथि हातपात गर्ने एक महिलासहित पाँच कर्मचारी पक्राउ

बाजुरा - प्रहरीमाथि हातपात गर्ने पाँच जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डिउटीमा खटिरहेका प्रहरीमाथि मदिरा सेवन गरी हातपात गर्ने एक जना महिला सहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले राष्ट्रिय बाणिज्य बैंक शाखा बाजुरामा कार्यरत अमृत बोहरा, केशव गिरी, सरकारी वकील कार्यालयका कार्यालय सहयोगी हरिशंकर जोशी, बडिमालिका नगरपालिका ८ का गोरख थापा र सोही वडाकी तथा मेरिस्टोप इन्टरनेशनल नामक गैर सरकारी सस्थामा कार्यरत अनमी धनी थापालाई नियन्त्रमा लिई हिरासतमा राखिएको प्रहरी निरीक्षक जनक ढुंगानाले बताएका छन्।

मार्तडीमा जारी अनन्ते मेलाको सुरक्षार्थ खटिएका प्रहरीमाथि आक्रमण गरि घाइते समेत बनाएकोले अनुसन्धानका लागि हिरासदमा राखिएको निमित्त कार्यालय प्रमुख समेत रहेका प्रहरी निरीक्षक जनक ढुंगानाले बताएका छन्। बडिमालिका नगरपालिकाले मेला अवधी भर मदिरा विक्री वितरण र सेवन गर्न प्रतिबन्द गरेको थियो। तर ती कर्मचारीले भने नियम विपरित मदिरा सेवन गरी गाली दिने, झगडा गर्ने गरेको प्रहरीको दाबी छ।

रक्सीले मातेका युवाहरुलाई नियन्त्रणमा लिन खोज्दा डिउटीमा रहेका प्रहरी माथि जाई लागेर टोली प्रमुख प्रहरी सहायक निरीक्षक मानबहादुर चन्दको अनुहार, शरिरमा चोट लागेको र अन्य प्रहरी जवानहरुको पनि शरिरमा चोट लागेको प्रहरी निरिक्षक ढुंगानाले जानकारी दिए।

घाइते प्रहरी सहायक निरीक्षक चन्दको गालाको दाहिने भागको अनुहारको हड्डीमा गम्भीर चोट लागेको थियो। जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएकाले जिल्ला बाहिर रिफर गरिएको जिल्ला अस्पताल बाजुराले जानकारी दिएको छ। पक्राउ गरिएका पाँच जनामामाथि अनुसन्धान भइरहेको र कारवाही प्रक्रिया अघि बढाउने तयारी प्रहरीले गरेको छ।
बडिमालिका ८ डाँडामा भदौ २७ गतेबाट अनन्ते मेला लागेको छ।

तीन दिनसम्म चल्ने मेला रातिको समयमा पनि लाग्ने गरेको छ। अनन्ते मेलालाई सौभार्द र शान्त बनाउन बडिमालिका नगरपालिका र जिल्लाका सरोकारवालाहरुको बैठक बसी अनन्ते मेला अबधिभर भदौ २७ गते देखी रक्सी बेच्न र खान प्रतिबन्द गरीएको निर्णय छ। मेला अवधिभरमा बेच्नेलाई पाँच हजार र खाएको भेटाए पच्चीस सय जरीवान तोकोको छ।

प्रकाशित: २९ भाद्र २०७६ ०६:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App