coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

भारतको अग्रता बढ्दै

विशाखापट्टनम- कप्तान विराट कोहलीले पुनः एकपटक उत्कृष्ट ब्याटिङ गरेपछि भारतले इङ्ल्यान्डविरुद्ध दोस्रो टेस्टको पहिलो इनिङमा शनिबार २ सयको अग्रता लिएको छ। भारतीय बलर रविचन्द्रन अश्विनले ५ विकेट लिएपछि भ्रमणकारी टोली इङ्ल्यान्ड २ सय ५५ रनमा अलआउट भएको थियो। सुरुमा तीन विकेट छिटै गुमाएपछि घरेलु टोली भारत दबाबमा परेको थियो। तर कप्तान विराट र अजिन्क्या रहानेले अविजित ५८ रनको साझेदारी गर्दै भारतको इनिङ सम्हालिइरहेका छन्।

तेस्रो दिन समाप्तिमा ३ विकेट गुमाई ९८ रन जोडेको भारतले समग्र २ सय ९८ रनको अग्रता लिएको छ। २८ वर्षे कप्तान विराटले पहिलो इनिङमा प्रभावशाली ब्याटिङ गर्ने क्रममा १ सय ६७ रन जोडेका थिए। शनिबार ६ चौका प्रहार गरेको विराट ५६ रनमा अविजित छन्। स्टुआर्ट ब्रोडको बलमा भारतका ओपनर मुरली विजय र लोकेश राहुल आउट भए। इङ्ल्यान्डका प्रभावशाली बलर जेम्स एन्डरसनले पहिलो इनिङमा शतक प्रहार गरेका चेतेश्वर पुजारा (१) बोल्ड गरे। पुजारा आउट हुँदा भारत ४०–३ को स्थितिमा थियो।

अहिले समयमा अफ स्पिनर अश्विन विश्वको शीर्ष वरीयताका टेस्ट बलर हुन्। ४१ टेस्ट खेलमा उनले २२ औं पटक ५ विकेट लिइसकेका छन्। अश्विनको प्रभावशाली बलिङ गरेपछि पाहुना टोलीले प्रतिरोध सामना गर्नुपरेको थियो। 'इङ्ल्यान्डविरुद्ध मैले ५ विकेट लिएको थिइनँ। यो मेरो दिमागमा थियो तर त्यस बारेमा मैले पक्कै पनि केही चिन्ता लिएको थिइनँ,' अश्विनले भने, 'मलाई थाहा छ मैले पछिल्ला वर्षमा गरेको जस्तै राम्रो गर्न सके त्यो प्राप्त गर्न सकिन्छ। प्राप्त यो लय धेरै महŒवपूर्ण छ।'

इङ्ल्यान्डको जवाफी ब्याटिङ बलियो बनाउने क्रममा बेन स्टोक्स र जोनी बेरिस्टोले अर्धशतक बनाए। उनीहरूको अर्धशतकमा इङ्ल्यान्डले भोजनअघि ६ विकेट गुमाई १ सय १० रन जोडेको थियो। बेरिस्टो ५३ रन हुँदा डेब्यु गरेका अफ स्पिनर जयन्त यादवको बलमा आउट भए। ७० रन जोडेका स्टोक्सलाई अश्विनले एलबिडब्लु आउट गराए। अश्विनले भने, 'यो विकेटमा धेरै कम बल स्पिन हुन्छ। त्यसकारण यो अवस्थामा राम्रो गर्न धेरै मिहिनेत गर्नुपर्छ।'

भारतले खेलेको पछिल्लो चार टेस्ट सिरिजमा अश्विनले म्यान अफ द सिरिज अवार्ड जितेका थिए। ब्रोड र एन्डरसनले लगातार प्रभावशाली बलिङ गर्दै भारतीय इनिङलाई अप्ठेरोमा पार्ने प्रयास गरेका थिए। 'खेल नसकिएसम्म कुनै कुरा विशेष हँुदैन। मैले लगातार राम्रो गर्न सक्छु भन्ने पनि छ,' अश्विनले भने, 'मलाई लाग्छ विराटले सुन्दर ब्याटिङ गरिहरहेका छन्। मेरो विचारमा हामीले राम्रो स्थान बनाउन सक्छौं।'

प्रकाशित: ५ मंसिर २०७३ ०४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App